चुनाव हुनेमा निर्वाचन आयोगकै शंका

२०७७ पुष ६ गते, सोमबार

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो वैशाख १७ र २७ गते संसदीय निर्वाचन गराउने घोषणा गरे पनि निर्वाचन आयोगले विभिन्न कारण देखाएर सो समयमा चुनाव गर्न सहज नहुने जनाएको छ ।
निर्वाचन आयोगले सामान्यतया निर्वाचन गर्नका लागि तीनवटा आधार प्रस्तुत गर्ने गरेको छ । सो आधारलाई निर्वाचनको पूर्वाधारका रुपमा लिइन्छ । निर्वाचनको लागि मुख्य शर्त भनेको राजनीतिक दलहरुबीच सहमति, निर्वाचनसम्बन्धी महत्वपूर्ण कानुन र शान्तिसुरक्षाको अवस्था ठीक हुनुपर्दछ । यी आधारहरु नहुँदा विगतमा निर्वाचनको मिति घोषणा गरे पनि निर्वाचन हुन नसकेका निकै दृष्टान्तहरु छन् ।
संसद् विघटन गर्ने प्रस्ताव स्वीकृतिसँगै आएका प्रारम्भिक प्रतिक्रिया र परिदृश्यहरु हेर्दा सत्तारूढ दलमा प्रधानमन्त्री ओलीको समर्थनबाहेक अरु नेताहरु, प्रमुख प्रतिपक्ष दल, संसद्मा प्रतिनिधित्व गर्ने मुख्य दलहरुले संसद् विघटन गर्ने निर्णयको विरोध गरेका छन् । यही अवस्था निरन्तर रहिरहने हो भने निर्वाचन सम्भव नभएको पूर्वनिर्वाचन आयुक्तहरुको भनाइ रहेको छ ।
दोस्रो अवस्था हो, निर्वाचनसम्बन्धी कानुन । निर्वाचन आयोगले निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाउनका लागि दल दर्तासम्बन्धी ऐन, निर्वाचन कसु सम्बन्धी ऐन, मध्यावधि निर्वाचनसम्बन्धी ऐनलगायत ९ वटा मुख्य मुख्य कानुनहरु चाहिन्छ । संसद् नभएको अवस्थामा ती कानुनहरु कसरी उपलब्ध हुने भन्ने प्रश्न पनि ज्यूकात्यूँ रहेको छ ।
२०५९ सालमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले संसद् विघटन गरी ताजा जनादेशको सिफारिस गर्नुभएको थियो । त्यतिबेला माओवादी सशस्त्र द्वन्द्वका कारण चुनाव गर्ने अवस्था नभएको भन्दै चुनावको मिति पटकपटक सारिएको थियो । त्यतिबेला राजनीतिक दलहरुबीच बेमेलसँगै शान्ति सुरक्षाको अवस्था टड्कारोरुपमा आएको थियो । सभारः नेपाल समाचार पत्र दैनिक

412 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal