मौन स्नान गरे मनोकाङ्क्षा पूरा हुने सोमबारे औँशी

२०७७ मंसिर २९ गते, सोमबार

काठमाडौँ । सोमबार औँशी परेका दिन बिहान नबोली स्नान गरे मनोकाङ्क्षा पूरा हुने शास्त्रीय मान्यता छ । यसै विश्वासमा आज वैदिक सनातन धर्मावलम्बीले बिहान नबोली स्नान गरी यो पर्व मनाउँदै छन् ।
आज परेको सोमबारे औँशी यस वर्षको दोस्रो सोमबारे औँशी हो । धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम वर्षमा दुईदेखि तीन पटकसम्म सोमबारे औँशी पर्ने गरेको बताउनुहुन्छ । विसं २०७७ मा पनि गत साउन ५ गते सोमबारे औँशी परेको थियो । आगामी चैत ३० गते पनि सोमबारे औँशी रहेको समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख रहेको तोयनाथ पन्तको पञ्चाङ्ग ९पात्रो० का सम्पादक सूर्यनाथ पन्तले राससलाई जानकारी दिनुभयो ।
सोमबारे औँशी परेका दिन बिहान नबोली स्नान गरेमा दाम्पत्य जीवन सुखमय हुने, अक्षय फल प्राप्त हुने विषय विभिन्न ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले बताउनुभयो । औँशी तिथि श्राद्ध, तर्पणका लागि पनि महत्वपूर्ण मानिन्छ । सोमबार औँशी परेका दिन माता, पिता हुने, नहुने सबैले बिहान स्नान गर्नु शास्त्रीय रुपमा उचित रहेको जनाइएको छ । प्रत्येक महिनामा आउने औँशीलाई पनि विशेष पर्वका रुपमा मनाउने वैदिक परम्परा रही आएको छ ।
माता, पिता नहुनेले भने औँशी पर्वका दिन श्राद्ध, तर्पण, दानलगायत गरी मनाउँछन् । यसका लागि पनि सोमबार परेको औँशी विशेष रुपमा मानिने गरेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । (रासस)

128 Views

ताजा

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

नेपाल मेडिकल कलेजका स्टाफ नर्सहरुलाई लाइफ सपोर्टको तालिम

२०८० चैत्र ९ गते, शुक्रबार

आजदेखि ‘महाजात्रा’ देशदेखि विदेशसम्म एकसाथ रिलिज

२०८० चैत्र ९ गते, शुक्रबार

आज महरालाई हाजिर जमानीमा छाडिँदै

२०८० चैत्र ९ गते, शुक्रबार

रक्सी नीतिमा भएको अनियमितताको आरोपमा मुख्यमन्त्री केजरीवाल पक्राउ

२०८० चैत्र ९ गते, शुक्रबार

अनलाइन मिडिया नियन्त्रण गर्ने निर्णयबाट पछि हट्यो गृह मन्त्रालय

२०८० चैत्र ९ गते, शुक्रबार

सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणदर उकालो लाग्दै

२०८० चैत्र ९ गते, शुक्रबार

पहिलो पटक काठमाडौं जिल्लामा अधिकृत समाज गठन

२०८० चैत्र ७ गते, बुधबार

पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा आँचलदेखि विदेशी चलचित्रकर्मी निर्णायक

२०८० चैत्र ७ गते, बुधबार

चैत ७ गते मनकामना केबलकार बन्द हुने

२०८० चैत्र ५ गते, सोमबार

एक सातापछि खुल्यो कर्णाली पुल

२०८० चैत्र ५ गते, सोमबार

लोकप्रिय

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

२०७९ चैत्र २४ गते, शुक्रबार

धनकुटा महोत्सवमा ३० जना घाइते

२०७९ माघ १५ गते, आईतवार

निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ

२०७९ माघ ९ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal