पण्डित दिनबन्धु पोख्रेलद्वारा यूपिफको अन्तरधार्मिक सभामा जोडदार सम्बोधन

२०७७ मंसिर २९ गते, सोमबार

काठमाण्डौ । वाचन प्रविण तथा पण्डित दीनबन्धु पोख्रेलले एकले अर्काको अस्थित्वलाई स्वीकार गर्दै अघि बढ्न सके संसार स्वर्गीय बन्न सक्ने बताएका छन् । यूनिभर्सल पीस फेडेरेसन अन्तरगत अन्तरधार्मिक परिषद्, शान्ति र विकासका लागि अन्तर्राष्ट्रिय संघ, एशिया प्रशान्त क्षेत्रले शनिवार आयोजना गरेको एकदिने भरच्युअल अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्
पण्डित पोखरेलले अन्तरधार्मिक सहकार्यका माध्यमबाट राज्य र सरकारले गर्न नसक्ने काम गर्न सक्ने बताए । पूवीय दर्शनको महत्वमा प्रकाश पार्दै पण्डित पोख्रेलले मौलिक पहिचानमा ध्यान दिनुपर्ने समय आएकोले कृत्रिम इच्छा, मानसिकता तथा व्यवहारलाई त्यागेर आध्यात्मिक तथा मौलिक पहिचानमा ध्यानदिनु आवश्यक रहेको बताए । “शारीरिक पहिचानले मानिसमा अहंकार र प्रतिस्पर्धाको भावना पैदा गर्दछ, जबकि आध्यात्मिक पहिचानले उसलाई विशिष्ट दिव्य गुणहरुसंग सम्मिलित गराउँछ पण्डित पोखरेले भने । उनले मानवले आध्यात्मिकतातिरको आफ्नो यात्रा जारी राख्न, मानवजातिको परिचय भनेको ईश्वरसँगको विशेष सम्बन्धप्रतिको विश्वासबाट अभिव्यक्त भएको हुनेहुनाले मानिसले दीव्य चक्षुले हर्न शुरुवात गरेपछि मात्र मानिस मानव हीतमा मग्न हुने बताए ।
आध्यात्मिक संगठनहरूले आफ्ना अनुयायी र भक्तजनहरूलाई हाँसोका साथ बाँच्ने कला सिकाउन सकेको खण्डमा प्राकृतिक रुपमा नै सकारात्मकता विकास गर्न सकिने पोखरेलको जिकिर थियो । अन्तरधार्मिक सरसहयोगका माध्यमबाट समाजमा भएका विक्रिती तथा विसंगतिहरूलाई हटाउन प्रयाश गरियो भने मात्र संसार आनन्दको प्रमोदवनमा विकसित हुनेछ भन्दै पण्डितले महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोम युनिभर्सल पीस फेडेरेसन तथा संस्थापक मदर मुनलाई हार्दिक धन्यवाद दिनुभयो ।
कार्यक्रममा एफएफडब्ल्यूपीयूका सहअध्यक्षद्वय डेमियन डङ्क्ली र मासाइचि होरी, बुद्धिष्ट स्टडी सेन्टर म्यानमारका प्राध्यापक, भेनरेवल डा. सोविथा, प्रेष्टबेटेरियन चर्च फिलिपिन्सका आर्चिविसप डा. एड्गार्ड जेसस, हङ्कङ् कन्फुसियन एकाडेमीका अध्यक्ष डा. टोङ् युन काइ, इन्टरफेथ स्पिरिच्यूअल फेलोसिप मलेरियाका अध्यक्ष डा. अमिर फरिद इस्हाक, मान्दिन वर्ल्ड कङ्गेस अस्ट्रालियाका अध्यक्ष श्री फाउद सोब्बी, प्रोफेसर चरनजित कउर लगायत एशिया प्रशान्त क्षेत्रका विभिन्न धार्मिक सम्प्रदायका अगुवाहरूले वैदिक संसार निर्माणमा आफ्नो संप्रदायको दृष्टिकोण तथा भूमिकाका बारेमा बोलेका थिए ।
पूर्वमन्त्री तथा यूनिभर्सल पीस फेडेरेसन एशिया प्यासिफिक क्षेत्रका अध्यक्ष एकनाथ ढकाल, फेडेरेसनकी एशिया प्रशान्त क्षेत्रकी महासचिव श्रीमती उर्सुला म्याकल्याकल्याण्ड, यूपिएफका अन्तर्राष्ट्रिय उपाध्यक्ष तथा यूएन् अफिस निर्देशक डा. तागद्दीन हमादले संस्थाले कोभिड महामारीका बिचमा पनि विगत १० महिनामा गरेका कार्यक्रमका बारेमा प्रकाश पारेका थिए भने कार्यक्रमको संयोजन यूपिएफका एशाया प्रशान्त शिक्षा निर्देशक डा. रोबर्ट किट्टेलले गरेका थिए ।

407 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal