कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्दै

२०७७ मंसिर २९ गते, सोमबार

काठमाडौँ । नेपाली कांग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गर्दै छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि अपनाउनु पर्ने सम्पूर्ण सावधानीहरुसहित देशभर प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।
केही दिन पहिले तनहूँमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुर्व्यवहार, बढ्दै गएको भ्रष्टाचार तथा कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा संक्रमितको उपचारमा सरकारी असफलता र लापरवाही विरुद्ध प्रदर्शन गर्न लागिएको कांग्रेसले जनाएको छ ।
७७ जिल्लामा हुने प्रदर्शनमा सक्रिय सहभागिताका लागि कांग्रेस सभापति शेरबहादुर देउवाले लोकतन्त्र पक्षधरलाई अपिल समेत गरेका छन् ।
देशभर हुने प्रदर्शनलाई केन्द्रीय नेताहरुले सम्बोधन गर्ने छन् । सभापति देउवाले मकवानपुर, वरिष्ठ नेता पौडेलले काठमाडौँ, विमलेन्द्र निधिले भक्तपुर तथा प्रकाशमान सिंहले धनुषामा हुने प्रदर्शनको नेतृत्व तथा सम्बोधन गर्ने छन् ।

316 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal