बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय बेहुलालाई आई लाग्यो यस्तो आपत….

२०७९ असार ७ गते, मंगलवार

बहुविवाह गर्न खोजेको आरोपमा ३१ वर्षीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका-५ बाट राजेन्द्र मण्डलको छोरा फुलदेव कुमार मण्डललाई जन्ती जान तयारी भएको अवस्थामा आइतबार प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।

‘पत्नीमाथि कुटपिट गरेको सूचनाको आधारमा पक्राउ गरी प्रहरी हिरासतमा राखी अनुसन्धान थालेकाछौं,’ उनले भने । मण्डलकी पत्नी काजलकुमारी मण्डलले श्रीमान‍्ले दोस्रो विवाह गर्न खोजेको आरोप लगाइन् । आफू हुँदाहुँदै आमा बुवाको कुरामा परी दोस्रो विवाह गर्न लागेको उनको आरोप छ ।

उनले दोस्रो विवाह गर्न खोजेकोले श्रीमान‍्लाई झिकाई कानुन बमोजिम कारबाहीको माग गर्दै प्रहरीमा निवेदन दिएकी थिइन् । उनले श्रीमान‍्सँगै ससुरा ६५ वर्षीय राजेन्द्र मण्डल, सासू ६० वर्षीया चनरवती देवी मण्डललाई विपक्षी बनाई बहुविवाह गर्न खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका शाखामा निवेदन दर्ता गराएकी थिइन् ।

168 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित ‘पार्टी बस नेपाल’ पुन सुरू, काराभान र क्याम्पर भ्यान पनि थपिने

२०८३ आश्विन २ गते, शुक्रबार

१५ किलोमा पहिरो, यातायात एकतर्फी

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal