सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकलाई ठगी गर्ने १३ जना काठमाडौंको, धुम्बाराहीबाट पक्राउ।

२०७९ असार ६ गते, सोमबार

सूचना प्रविधिको दुरुपयोग गरी विदेशी नागरिकहरूलाई ठगी गर्ने १३ जना प,क्राउ परेका छन् ।

प,क्राउ पर्नेमा काठमाडौंको धुम्बाराहीस्थित अर्बिट नेक्सस प्राइभेट लिमिटेड संस्थाका मुख्य सञ्चालक ३३ वर्षीय विजय श्रेष्ठ, सामाखुसी बस्ने दुई भारतीय नागरिक ३२ वर्षीय निशान खैरे र २४ वर्षीय मनिष तिवारी लगायत साे कम्पनीमा कार्यरत अन्य व्यक्ति छन् ।

यसअन्तर्गत काठमाडौं-२९ रानीबारी बस्ने २२ वर्षीय आमिन खड्का, लमजुङ घर भई हाल काठमाडौं-२९ बस्ने २२ वर्षीय करण गुरुङ, काभ्रे घर भई हाल भक्तपुर राधेराधे बस्ने ३५ वर्षीय अनोज लामा, उदयपुर घर भई हाल काठमाडौं जिल्लाको कालोपुल बस्ने २० वर्षीया आरुषी राई रहेका छन् ।

त्यसैगरी नुवाकोट घर भई हाल काठमाडौं बानियाँटार बस्ने २१ वर्षीया युविना तामाङ, काठमाडौंको रानीबारी बस्ने २३ वर्षीय आरस तुलाधार, दोलखा घर भई हाल काठमाडौं डल्लुमा बस्ने २६ वर्षीया सपना मगराँती हुन्।

सुर्खेत घर भई भक्तपुर ठिमीमा बस्ने १९ वर्षीया टिका राउत, झापा घर भई हाल काठमाडौं सिफलमा बस्ने २४ वर्षीया सुनिता राउत र नुवाकोट घर भई हाल काठमाडौं रानीबारी बस्ने १९ वर्षीय सागर श्रेष्ठ पनि प,क्राउ परेका छन् ।

उनीहरूले अमेरिकी तथा क्यानडाली नागरिकहरूलाई लक्षित गरी ‘क्लाइन्ट एक्सेस’ लिएर उनीहरूको डाइरेक्टरी फाइलमा आफ्नो पहुँच बनाई ‘योर आईपी एड्रेस इज ह्याक्ड एन्ड योर नेटवर्क इज कम्प्रमाइज्ड’ तपाईंको आईपी एड्रेस ह्याक भएर तपाईंको नेटवर्क कम्प्रमाइज भएको सन्देश पठाउने गरेको पाइएको छ ।

उनीहरूले विशेषगरी प्रयोगकर्ताको डिभाइस ट्रयाक गरेर डिभाइसमा अलर्ट पठाउँथे, जुन् भारतीय समूहले तयार पारेकाे पाइएकाे साइबर ब्युराेले जानकारी दिएकाे छ ।

त्यसपछि त्यहाँ आएको स,मस्या समाधानका लागि माइक्रोसफ्टको जस्तो नक्कली सम्पर्क नम्बर उपलब्ध गराउँथे । ती कल नेपालको धुम्बाराही, काठमाडौंमा उठ्ने गर्थ्याे ।

त्यसमा उनीहरूले पीडितलाई समाधानका उपाय सिकाउने विभिन्न प्रक्रिया अपनाउन लगाउँछन्, जसले गर्दा उनीहरूको एक्सेस ह्याकर (कल सेन्टर) मा पुग्छ ।

त्यसपछि उनीहरूले प्रयोगकर्ताबाट ठगी सुरु गर्छन् । यस्तो घ,टनामा विदेशी सेवा निवृत्त व्यक्तिहरू धेरै फसेको साइबर ब्युराेको अध्ययनले देखाएको छ ।

192 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal