एसियामै सबैभन्दा लामो दाह्रा भएको हात्ती भोगेश्वरको मृत्युु

२०७९ जेष्ठ ३१ गते, मंगलवार

काठमाडौं । जनावरप्रेमीका लागि यो सुखद खबर होइन । एसियाको सबैभन्दा लामो दाह्रा भएको हात्ती भोगेश्वरको निधन भएको छ ।
भारतको कर्नाटकस्थित बान्दीपुर टाइगर रिजर्भमा रहेको उक्त ६० वर्षीय हात्ती शनिवार मृत फेला परेको हो । उक्त हात्तीको प्राकृतिक कारणले मृत्यु भएको बताइएको छ । पर्यटकका लागि मुख्य आकर्षणको रुपमा रहेको भोगेश्वरलाई एसियाकै सबैभन्दा लामो दाह्रा भएको हात्ती मानिन्थ्यो ।
यो हात्तीलाई ‘मास्टर काबिनी’को नामले पनि चिनिन्थ्यो । वन विभागका अधिकारीहरुका अनुसार भोगेश्वरको एउटा दाह्रा २.५४ मिटर र अर्को दाह्रा २.३४ मिटर थियो ।
भोगेश्वरको मृत्युको खबर सार्वजनिक भएसँगै सोसल मिडियामा मानिसहरुले उक्त हात्तीलाई श्रद्धाञ्जली दिइरहेका छन् । भारतका कृषि मन्त्रीले समेत उक्त हात्तीलाई सम्झिंदै ट्वीट गरेका छन् ।
स्मरण रहोस् हात्तीको औसत आयु ६५ वर्ष हुन्छ । जंगली हात्ती ६० वर्षसम्म बाँच्दछ भने घरपालुवा हात्तीको आयु ८० वर्षसम्म रहेको पाइन्छ । –एजेन्सी

204 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal