असार नलाग्दै सुरु भएको यसपालिको झरीसँग मेलम्चीवासी त्रसित छन् ।

२०७९ जेष्ठ ३१ गते, मंगलवार

असार नलाग्दै सुरु भएको यसपालिको झरीसँग मेलम्चीवासी त्रसित छन् । एक वर्षअघि लेदो र गेगरानसहित आएको बाढीले उनीहरूको घरखेत बगाएको थियो । स्थानीय रामप्रसाद लुइँटेल भन्छन्, ‘अब त खोलो घरको सुरबाटै बग्छ, राति निदाउनै मुस्किल भो !’

बर्खा नलाग्दै छेकाबार लगाइयो भने बाढी आइहाले बस्ती जोगिने आशमा उनी छिटोछिटो हात चलाइरहेका थिए । मेलम्ची बजारबाट हेलम्बु जाने बाटो सरासर हिंडेर गए आधा घण्टामा सिमखेत पुगिन्छ । बाटैमुनि सिमखेत बस्ती छ भने त्यसभन्दा अलि तल मेलम्ची खोला ।

बाटो किनारमा बस्न पाए अलि सहज पनि हुन्छ र खेतीपातीको उब्जनी समेत बढाउन सकिएला भनेर रामप्रसादसहितका गाउँलेले बाटोबाट माथिको घरबारी बेचेर त्यहाँ जग्गा जोडेर घर बनाएका थिए । पोहोर आएको मेलम्चीको बाढीले उनीहरूलाई विचल्ली बनाइदियो ।

179 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal