भक्तपुरको मध्यपुर थिमिमा जेठानले ज्वाइँलाई हराए
भक्तपुर । भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रमुखमा जेठानले ज्वाइँलाई हराएका छन् । नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका जेठान सुरेन्द्र श्रेष्ठले एमालेबाट उम्मेदवारी दिएका बहिनी ज्वाइँ मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतान्तरले हराएका हुन् ।
प्रमुख निर्वाचित सुरेन्द्रले १५ हजार ९८ मत ल्याएका छन् । पराजित निवर्तमान प्रमुख मदनसुन्दरले ११ हजार ३५ मत ल्याए । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए । नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीसँगको चुनावी तालमेलमा विजयी माओवादी केन्द्रका विजयकृष्णले १२ हजार १०२ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी उत्तरा नेपालले ८९६३ मत ल्याइन् ।
नौवटा वडा रहेको मध्यपुर थिमिमा बहुमत ६ वटा जितेको छ । उसले वडा नं १, २, ३, ५, ६ र ९ वडामा अध्यक्ष जितेको हो । जसअनुसार १ मा बाबसकाजी डंगोल, २ मा श्रीकृष्ण श्रेष्ठ, ३ मा कृष्णहरि आचार्य, ५ मा बालकृष्ण श्रेष्ठ, ६ मा ज्ञानदास प्रजापति र ९ मा सानु राजबाहक रहेका छन् ।
एमालेले ४ र ७ वडा जित्दा वडा नं ८ मा नेमकिपाले जितेको छ । एमालेबाट ४ मा बालकृष्ण पात्या श्रेष्ठ र ७ वडामा कृष्णकुमार प्रजापति निर्वाचित भए । प्रजापति अघिल्लोपटक स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका थिए । ८ वडामा नेमकिपाबाट रमेश थापा श्रेष्ठ विजयी भए ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





