मेलम्चीमा भत्कियो एमालेको गढ, कांग्रेसले जित्यो मेयर
२०७९ जेष्ठ ४ गते, बुधबार
काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार आइतमान तामाङ विजयी भएका छन् । एमालेका उम्मेदवार बालकृष्ण देउजालाई ९३ मतले उछिन्दै तामाङ निर्वाचित भएका हुन् ।
उपमेयरमा भने एमालेकी उमा प्रधान विजयी भएकी छन् ।यसअघि एमालेले जित्दै आएको मेलम्चीमा यसपालि कांग्रेस र राप्रपाले चुनावी तालमेल गरेका थिए ।
97 Views