३ दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न
काठमाडौँ । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि सुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, सर्ट मुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।
महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ फिल्म ‘फुङ’ लाई अवार्ड प्रदान गरियो । त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ ले अवार्ड प्राप्त गर्यो भने सर्ट फिल्ट विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले अवार्ड जित्यो ।
सर्वोकृष्ट अभिनेतामा ‘चिसो आत्मा’ बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’ बाट शारदा अधिकारीले अवार्ड प्राप्त गरे । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत ‘टुल्की’ ले अवार्ड प्राप्त गर्यो । ‘स्क्रिन प्ले’ तर्फ ‘टुल्की’ बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’ बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गरे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड प्रदान गरियो । महोत्सवमा स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट, अभिनेत्री पनाह अधिकारी लगायतले उत्कृष्टलाई ट्रफी वितरण गरेका थिए ।
कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका थिए । ३५ चलचित्रमध्ये जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको छ।
नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





