३ दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सम्पन्न

२०७९ बैशाख ९ गते, शुक्रबार

काठमाडौँ । गोरखा जिल्लाको दुर्गम मानिने लाप्राकमा तीन दिने ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सकिएको छ । सेलिब्रेटी नेपालको आयोजनामा धार्चे गाउँपालिका –४ लाप्राकमा सोमबारदेखि सुरु भएको महोत्सव बुधबार सकिएको हो । महोत्सवमा विभिन्न भाषामा बनेका सांस्कृतिक फिल्म, वृत्तचित्र, सर्ट मुभी, फिचर फिल्मसमेत गरी १६ वटा फिल्म प्रदर्शन गरिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

महोत्सवमा जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्डसमेत वितरण गरियो । जसमा भाषाभाषी विधामा प्रितम गुरुङ निर्देशित तथा आइतराम गुरुङ निर्मित गुरुङ फिल्म ‘फुङ’ लाई अवार्ड प्रदान गरियो । त्यस्तै, डकुमेन्ट्री विधामा भिमलाल श्रेष्ठ निर्देशित ‘मकै विवाह’ ले अवार्ड प्राप्त गर्यो भने सर्ट फिल्ट विधामा केदार श्रेष्ठ निर्देशित ‘जुनुको जुत्ता’ ले अवार्ड जित्यो ।

सर्वोकृष्ट अभिनेतामा ‘चिसो आत्मा’ बाट प्रविन खतिवडा र अभिनेत्रीतर्फ ‘मौन प्रतिशोध’ बाट शारदा अधिकारीले अवार्ड प्राप्त गरे । उत्कृष्ट फिचर फिल्मतर्फ शेखर लामाको निर्माण तथा देवजंग थापा निर्देशत ‘टुल्की’ ले अवार्ड प्राप्त गर्यो । ‘स्क्रिन प्ले’ तर्फ ‘टुल्की’ बाटै शेखर लामा, उत्कृष्ट निर्देशकतर्फ ‘टिष्टापारीको साईनो’ बाट खिलबहादुर गुरुङले अवार्ड प्राप्त गरे । सिन सुमेश श्रेष्ठ निर्देशित सर्ट फिल्म ‘मौन प्रतिशोध’ लाई जुरी अवार्ड प्रदान गरियो । महोत्सवमा स्थानीयसँग ग्रामीण चलचित्र सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । महोत्सवका स्थानीय व्यवस्थापक राज गुरुङ, सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटा, अभिनेता गजित विष्ट, अभिनेत्री पनाह अधिकारी लगायतले उत्कृष्टलाई ट्रफी वितरण गरेका थिए ।

कलाकार रबिन्द्र खड्का, लेखक एवं निर्देशक शिवम अधिकारी, सम्पादक शिव पुरी, साउन्ड एडिटर किशोर आचार्य, पत्रकार तथा निर्देशक लक्ष्मण सुवेदी महोत्सवको जुरी टिममा रहेका थिए । ३५ चलचित्रमध्ये जुरी टिमले छनोट गरेका उत्कृष्ट ९ विधामा अवार्ड वितरण गरिएको हो । नेपाल चलचित्र विकास बोर्डसँगको सहकार्य रहेको महोत्सवको सह–आयोजकमा ‘भ्वाइस अफ नेपाल म्युजिक इण्डष्ट्रिज’ रहेको थियो । महोत्सवको डिजिटल पार्टनर डिएआर डिजिटल रहेको छ।

नेपाली मौलिक फिल्म, फिल्मकर्मी र स्थानीय पर्यटकीय स्थलको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नु, नेपाली आम दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु र नियमित चलचित्र हेर्ने बानी बसाल्नु, नेपाली समाजका मौलिकता बोकेका र ग्रामीण कथामा बनेका फिल्महरूलाई स्वदेशी तथा विदेशी दर्शकमाझ पुर्‍याउनु र स्थानीय क्षेत्रको भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवर्द्धन गर्ने लगायतका उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ ।

216 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal