पालिका चुनावका लागि आज र भोलि उम्मेदवारी मनोनयन दर्ता

२०७९ बैशाख ११ गते, आईतवार

काठमाण्डौ । पालिका चुनावका लागि आज उम्मेदवारी मनोनयन दर्ता सुरु हुँदैछ । आउँदो ३० गते हुने चुनावका लागि आज र भोलि बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म देशभरका पालिकामा राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्नेछन् ।
मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको हो । देशभर ६ महानगरपालिका, ११ वटा उपमहानगरपालिका, दुई सय ७५ नगरपालिका र चार सय ६० गाउँपालिकामा ६ हजार सात सय ४३ वडा छन् । चुनावमा मेयर, उपमेयर, अध्यक्ष। उपाध्यक्ष र वडा सदस्य गरी ३५ हजार दुई सय २१ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

हरेक वडामा अध्यक्ष र चार सदस्य हुन्छन् । उम्मेदवारले एक जना समर्थक र एक जना प्रस्तावकको हस्ताक्षरसहित निर्वाचन अधिकृत समक्ष मनोनयन दर्ता गराउनु पर्छ ।

उम्मेदवार मनोनयनको लागि यी कागजात आवश्यक
२१ वर्ष उमेर पुगेका नेपाली नागरिकले पालिका चुनावमा कुनै पनि पदमा उम्मेदवार बन्न पाउँछन् । ३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मनोनय दर्ता व्यवस्थित ढङ्गले सम्पन्न गर्न अपिल गरिसकेको छ । तर, मनोनय दर्ता गर्नुपर्ने दिन आइसक्दा समेत सत्तागठबन्धन दललाई उम्मेदवार टुङ्ग्याउनै सकस परिरहेको छ ।

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal