गठबन्धनले काङ्ग्रेसलाई घाटा हुन्छ कि भन्ने चिन्ता अझै पनि छ – कांग्रेस नेता वावुकृष्ण सापकोटा
काठमाडौं । नेपाली कांग्रेसका नेता वावुकृष्ण सापकोटाले गठबन्धन गरेर जाँदा नेपाली कांग्रेसलाई घाटा लागेको बताएका छन् ।
ओमकार टेलिभिजनमा पत्रकार गंगा बरालसँग बुधबार बेलुका अन्तरवार्ता दिँदै उनले भने–‘ गठबन्धन भयो त्यो त राम्रै हो, कांग्रेसलाई पनि फाइदा नै होला तर अरुलाई भाग दिँदादिँदै कांग्रेस कमजोर भयो कि भन्ने चिन्ता छ ।’ उनले सत्ता गठबन्धनको निर्णय मान्न कांग्रेसीहरु बाध्य भएको बताए । नेपाली कांग्रेस धादिङका निवर्तमान कोषाध्यक्षसमेत रहेका उनले गठबन्धनका कारण अन्य पार्टीलाई भने राम्रै फाइदा भएको पनि जनाए । ‘हामी कांग्रेसका इमानदार कार्यकर्ता हौं, कतिपय कुरामा चित्त नबुझेको होला तर पार्टीको निर्णय मान्दैनौं भन्न सक्दैनौं’ उनले भने ‘ यो बेलामा कांग्रेसको राम्रो लहर चलेको थियो, अरुसँग तालमेल नगर्दा पनि अपेक्षा अनुसार जित्न सकिन्छ भन्ने सबैलाई लागेको थियो ।’ उनले हिजोको दिनमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा अरु पार्टीको प्रमुख भूमिका रहेकाले ती पार्टीलाई त्यो गुण तिर्न देउवाले साहसिक निर्णय गर्नुपरेको पनि जनाएका छन् । हिजोको दिनमा नेकपा एमालेले सरकार चलाउँदा जनता वाक्कदिक्क भएकाले पनि कांग्रेसमात्र एकमात्र विकल्प रहेछ भनेर जनताले बुझिसकेको उनको भनाई छ ।
‘नेकपा एमाले त गफ गर्ने र जनता झुक्याउने पार्टी हो भन्ने पछिल्लो गतिविधिले पुष्टि भइसकेको छ, अब फेरि एमालेको गुलियो नारामा जनता भुलिने छैनन्’ उनले भने ‘ कांग्रेस ढाँट्न जान्दैन, घोषणापत्रमा पनि अन्ठासन्ठा कुरा लेख्दैन, कांग्रेसले जे गर्छ त्यो भन्छ, यो त पुरानै नारा हो ।’ गठबन्धन गरेर अरु पार्टीलाई भागबण्डा भएको स्थानीय तहमा कांग्रेसले ती पार्टीलाई मतदान गर्दिन भनेर असन्तुष्टि पोख्नु सामान्य कुरा भए पनि पार्टीले निर्णय गरेपछि विवाद क्रमशः साम्य भएको जाने उनको बुझाई छ । हिजो विभिन्न घटनामा कांग्रेसविरुद्ध अनेक आवाज उठे पनि विस्तारै मत्थर हुँदै गएको उनले प्रष्ट पारे । कांग्रेसले पछिल्लो समयमा धेरै काम गरे पनि जनतालाई नबुझाएकाले कांग्रेसप्रति भ्रम सिर्जना भएको उनको भनाई छ । ‘कांग्रेसले गरेको छ काम, जनताले पनि बुझेका छन् तर प्रचार गर्न नजान्दा हामी पछि परेका हौं’ उनले भने ‘ढुक्क हुनुहोस्, नेकपा एमालेले भ्रमको खेती गर्ने दिन अब गए ।’
उनले पार्टी सभापति देउवाले पार्टीका सबैको भावनालाई सम्बोधन हुने गरी उम्मेदवारी दिनुपर्ने सुझाव दिएका छन् । डा। शेखर कोइरालाको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले कोइरालाको भनाइलाई नै आधार मान्दै सभापति देउवाले केही निर्णय परिवर्तन गरेको बताए । ‘हाम्रो त्यसरी दवाव नपरेको भए कांग्रेसलाई थप घाटा हुन्थ्यो त्यो खतरा हुनबाट बचायौं’ सापकोटाले भने ‘हाम्रो हिस्सालाई ख्याल गरिएन भनें हामी पनि बाध्य भएर हैसियत खोज्नका लागि लड्ने छौं ।’
उनले गठबन्धन गरेपछि नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई बढी फाइदा भएको बताए । ‘जहाँ जसरी भए पनि अब उनीहरुको पनि प्रतिनिधित्व हुने भएको छ, यसमा कांग्रेसले उदारता देखाएकै हो’ उनले भने ‘आगामी निर्वाचनमा कसैले भ्रम छरेर मख्ख पार्न सक्छन्, त्यस्तो लोभलालचमा नफसी ढुक्कका साथ रुखमा मतदान गर्न आग्रह गर्दछु ।’ उनले सत्ता गठबन्धनभित्रको निर्णयलाई आफूहरुले माने पनि मतदाता र शुभचिन्तकले के गर्छन् भन्ने अझै पनि शंका रहेको बताएका छन् ।
ताजा
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको निर्वाचन: अध्यक्षमा दीपक राज पौडेलको उम्मेदवारी बलियो
२०८३ बैशाख १७ गते, बिहीबार
युवतीहरूका लागि दोस्रो घर बन्यो अलाबुगा
२०८३ बैशाख १७ गते, बिहीबार
लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नरमा रमेश अधिकारी
२०८३ बैशाख १६ गते, बुधबार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





