हेटौंडाको मेयर हुन्छु भन्ने अनन्त पौडेल को हुन् ?
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत नेकपा एमालेका भाग्यमानी मान्छेमध्ये नै पर्छन् । उनी फेरि पनि मेयर हुने दाउमा छन् तर उनको अहिलेको नेतृत्व कमजोर भएकाले उनी फेरि पनि उम्मेदवार भए आफूहरुलाई जित्न गाह्रो पर्ने एमालेका नेताहरुले नै बताउँदै आएका छन् । उनलाई फेरि मेयरमा उठाए समस्या पर्ने स्थानीय नेताहरुले पार्टीका केन्द्रीय नेताहरुलाई अवगत गराइसकेका छन् ।
पार्टीको उपमहानगर समितिले महतसहित २०७० को संविधानसभामा मकवानपुर ३ बाट जितेका एमाले सभासद् अनन्त पौडेलको नाम केन्द्रमा पठाएको छ । अनन्त राजनीतिमा पुराना मान्छे हुन् । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरेका उनी एक पटक मेयर बन्ने अवसर पाए केही गरेर देखाउने बताउछन् । पौडेलको राजनीतिक इमानदारिता र सांगठनिक कुशलताको अरु पार्टीकाले पनि खुलेरै प्रशंसा गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन विभागका सदस्य उनी संविधानसभा सदस्य परिषद्का संयोजक पनि हुन् । तीन पटक जिल्लाको पार्टी प्रमुख, दुई पटक अञ्चल प्रमुख भएका उनले २०४६ र २०६२÷६३ सालको आन्दोलनमा अग्रणी भूमिकामा रहेर आन्दोलनको नेतृत्व गरेको इतिहास अझै पनि मकवानपुरवासीले सम्झिइरहेका छन् । उनी २०४३ सालमा नै पार्टीका नगर सचिव भएका थिए ।
२०५१ सालमा सुकुम्वासी आयोगको जिल्ला अध्यक्ष हुँदा उनले भूमिहीन र अव्यवस्थित वसोवासीहरुको लागि उल्लेखनीय योगदान गरेका थिए । उनले ३२ सयलाई लालपुर्जा दिएको जनाएका छन् । राजनीतिसँगै सामाजिक र विकासका गतिविधिमा सक्रिय उनको मेयरमा उम्मेदवारी परेपछि स्थानीय पनि खुशी भएका छन् । ‘मैले राजनीतिलाई कहिल्यै पनि गलत रुपमा प्रयोग गरेको छैन, त्यही इमानदारिताले आज मैले कसैसँग झुक्नु परेको छैन’ उनले भने ‘उपमहानगरपालिका र उपमहानगरवासीको लागि के के गर्नुपर्छ भन्ने मसँग प्रष्ट दृष्टिकोण छ ।’ उनले हेटौंडा हरेक प्रकारका सम्भावना भएको ठाउँ भएकाले त्यसलाई आफूले चिनेको बताए । उनी संविधानसभामा उपमहानगरपालिका भएको क्षेत्रबाट नै निर्वाचित भएका थिए । उनको उम्मेदवारी पर्ने भएपछि स्थानीयले पनि पौडेलले पार्टीप्रति गरेको लगानी र निष्ठाको सम्मान भएको भन्दै आएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षसमेत रहेका उनले समाज र जनताका लागि सधैं समय खर्च गर्दै आएका छन् । उनी मेयरमा बलियो दाबेदारको रुपमा छन् । हेटौंडाको मेयरमा सत्ता गठबन्धनले नेकपा ९एकीकृत समाजवादी० लाई दिने निर्णय बुधबार गरेको छ । पौडेल हेटौडा एमालेको गढ भएको बताउँछन् । ‘हेटौंडा मात्र होइन मकवानपुरमा नै एमाले बनाउने कुरामा मेरो मुख्य योगदान छ’ उनी भन्छन् ‘ म एमालेको मान्छे हुँ तर पनि राजनीतिक आस्थाका आधारमा कहिल्यै कसैलाई विभेद गरेको छैन र गर्दिन पनि ।’ उनी उम्मेदवार भइरहँदा उनले ‘न्यूट्रल’ मत पनि आफूले प्रशस्तै पाउने दाबी गरेका छन् ।
स्थानीय एमालेहरुको भावनाविपरीत अहिलेका मेयरले काम गरेकाले एक पंक्ति मेयर महतको विपक्षमा रहेको स्थानीयको भनाई छ । ‘अहिलेका मेयरले पार्टीलाई बेवास्ता गर्नुभयो, सेटिङमा अरु पार्टीको मात्र काम गर्नुभयो’ एक स्थानीय भन्छन् ‘ मेयर त एमालेले नै बनाएको छ, त्यो कुरा नसम्झिनु उहाँको लागि अहिले खतरा भएको छ ।’ एमालेका नेता विरोध खतिवडा, मनु सिग्देलको विपक्षमा पार्टीको जिल्ला कमिटी भएकाले महतको त्यतिबेला भाग्य चम्किएको विश्लेषण गरिएको छ । महत २०४४ सालमा वडाध्यक्ष भए । २०४९ र २०५४ सालमा हेटौंडाको उपमेयर भए । एउटै व्यक्तिलाई कति पटक पद दिने भनेर पार्टी पंक्तिबाट पनि एकातिर उनको विरोध भएको छ भनें अर्कातिर उनको अहिलेको कार्यकाल पार्टी र जनताको लागि उपलब्धीमूलक नभएकाले पनि महतप्रति पार्टी र जनताको आकर्षण पूरै घटेको जनाइएको छ ।
पौडेल आफूले मेयरको टिकट पाउने विश्वास गर्छन् । ‘म मेयर हुनु भनेको नगरवासीको हित हुनु हो त्यसकै लागि एक पटक अवसर खोजेको छु’ उनी भन्छन् ‘ ५ वर्षमा हेटौंडालाई उत्कृष्ट शहर र उपमहानगर बनाउने मेरो सपना छ ।’
ताजा
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
गौँथली’ले मनायो ५१औँ दिन
२०८३ भाद्र २२ गते, सोमबार
कोशी ब्यारेजका २७ ढोका खुल्ला
२०८३ भाद्र २२ गते, सोमबार
बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक
२०८३ भाद्र २२ गते, सोमबार
भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला
२०८३ भाद्र २२ गते, सोमबार
त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार
२०८३ भाद्र १९ गते, शुक्रबारविपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री
२०८३ भाद्र १९ गते, शुक्रबार
उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै
२०८३ भाद्र १९ गते, शुक्रबार
राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी
२०८३ भाद्र १९ गते, शुक्रबार
बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन
२०८३ भाद्र १९ गते, शुक्रबार
आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै
२०८३ भाद्र १९ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





