हेटौंडाको मेयर हुन्छु भन्ने अनन्त पौडेल को हुन् ?
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबोल महत नेकपा एमालेका भाग्यमानी मान्छेमध्ये नै पर्छन् । उनी फेरि पनि मेयर हुने दाउमा छन् तर उनको अहिलेको नेतृत्व कमजोर भएकाले उनी फेरि पनि उम्मेदवार भए आफूहरुलाई जित्न गाह्रो पर्ने एमालेका नेताहरुले नै बताउँदै आएका छन् । उनलाई फेरि मेयरमा उठाए समस्या पर्ने स्थानीय नेताहरुले पार्टीका केन्द्रीय नेताहरुलाई अवगत गराइसकेका छन् ।
पार्टीको उपमहानगर समितिले महतसहित २०७० को संविधानसभामा मकवानपुर ३ बाट जितेका एमाले सभासद् अनन्त पौडेलको नाम केन्द्रमा पठाएको छ । अनन्त राजनीतिमा पुराना मान्छे हुन् । पार्टीको विभिन्न जिम्मेवारीमा रहेर आफ्नो भूमिका निर्वाह गरेका उनी एक पटक मेयर बन्ने अवसर पाए केही गरेर देखाउने बताउछन् । पौडेलको राजनीतिक इमानदारिता र सांगठनिक कुशलताको अरु पार्टीकाले पनि खुलेरै प्रशंसा गरेका छन् । पार्टीको केन्द्रीय निर्वाचन विभागका सदस्य उनी संविधानसभा सदस्य परिषद्का संयोजक पनि हुन् । तीन पटक जिल्लाको पार्टी प्रमुख, दुई पटक अञ्चल प्रमुख भएका उनले २०४६ र २०६२÷६३ सालको आन्दोलनमा अग्रणी भूमिकामा रहेर आन्दोलनको नेतृत्व गरेको इतिहास अझै पनि मकवानपुरवासीले सम्झिइरहेका छन् । उनी २०४३ सालमा नै पार्टीका नगर सचिव भएका थिए ।
२०५१ सालमा सुकुम्वासी आयोगको जिल्ला अध्यक्ष हुँदा उनले भूमिहीन र अव्यवस्थित वसोवासीहरुको लागि उल्लेखनीय योगदान गरेका थिए । उनले ३२ सयलाई लालपुर्जा दिएको जनाएका छन् । राजनीतिसँगै सामाजिक र विकासका गतिविधिमा सक्रिय उनको मेयरमा उम्मेदवारी परेपछि स्थानीय पनि खुशी भएका छन् । ‘मैले राजनीतिलाई कहिल्यै पनि गलत रुपमा प्रयोग गरेको छैन, त्यही इमानदारिताले आज मैले कसैसँग झुक्नु परेको छैन’ उनले भने ‘उपमहानगरपालिका र उपमहानगरवासीको लागि के के गर्नुपर्छ भन्ने मसँग प्रष्ट दृष्टिकोण छ ।’ उनले हेटौंडा हरेक प्रकारका सम्भावना भएको ठाउँ भएकाले त्यसलाई आफूले चिनेको बताए । उनी संविधानसभामा उपमहानगरपालिका भएको क्षेत्रबाट नै निर्वाचित भएका थिए । उनको उम्मेदवारी पर्ने भएपछि स्थानीयले पनि पौडेलले पार्टीप्रति गरेको लगानी र निष्ठाको सम्मान भएको भन्दै आएका छन् ।
मकवानपुर बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्षसमेत रहेका उनले समाज र जनताका लागि सधैं समय खर्च गर्दै आएका छन् । उनी मेयरमा बलियो दाबेदारको रुपमा छन् । हेटौंडाको मेयरमा सत्ता गठबन्धनले नेकपा ९एकीकृत समाजवादी० लाई दिने निर्णय बुधबार गरेको छ । पौडेल हेटौडा एमालेको गढ भएको बताउँछन् । ‘हेटौंडा मात्र होइन मकवानपुरमा नै एमाले बनाउने कुरामा मेरो मुख्य योगदान छ’ उनी भन्छन् ‘ म एमालेको मान्छे हुँ तर पनि राजनीतिक आस्थाका आधारमा कहिल्यै कसैलाई विभेद गरेको छैन र गर्दिन पनि ।’ उनी उम्मेदवार भइरहँदा उनले ‘न्यूट्रल’ मत पनि आफूले प्रशस्तै पाउने दाबी गरेका छन् ।
स्थानीय एमालेहरुको भावनाविपरीत अहिलेका मेयरले काम गरेकाले एक पंक्ति मेयर महतको विपक्षमा रहेको स्थानीयको भनाई छ । ‘अहिलेका मेयरले पार्टीलाई बेवास्ता गर्नुभयो, सेटिङमा अरु पार्टीको मात्र काम गर्नुभयो’ एक स्थानीय भन्छन् ‘ मेयर त एमालेले नै बनाएको छ, त्यो कुरा नसम्झिनु उहाँको लागि अहिले खतरा भएको छ ।’ एमालेका नेता विरोध खतिवडा, मनु सिग्देलको विपक्षमा पार्टीको जिल्ला कमिटी भएकाले महतको त्यतिबेला भाग्य चम्किएको विश्लेषण गरिएको छ । महत २०४४ सालमा वडाध्यक्ष भए । २०४९ र २०५४ सालमा हेटौंडाको उपमेयर भए । एउटै व्यक्तिलाई कति पटक पद दिने भनेर पार्टी पंक्तिबाट पनि एकातिर उनको विरोध भएको छ भनें अर्कातिर उनको अहिलेको कार्यकाल पार्टी र जनताको लागि उपलब्धीमूलक नभएकाले पनि महतप्रति पार्टी र जनताको आकर्षण पूरै घटेको जनाइएको छ ।
पौडेल आफूले मेयरको टिकट पाउने विश्वास गर्छन् । ‘म मेयर हुनु भनेको नगरवासीको हित हुनु हो त्यसकै लागि एक पटक अवसर खोजेको छु’ उनी भन्छन् ‘ ५ वर्षमा हेटौंडालाई उत्कृष्ट शहर र उपमहानगर बनाउने मेरो सपना छ ।’
ताजा
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
Pakistan Embassy Kathmandu Alumni Event
२०८२ कार्तिक २९ गते, शनिबार
रास्वपाका सन्तोष परियारले छाडे पार्टी
२०८२ कार्तिक २८ गते, शुक्रबार
रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश
२०८२ कार्तिक २७ गते, बिहीबार
डा. निराकारमान श्रेष्ठको “सङ्घर्षदेखि सफलता” सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
कांग्रेस नेता पौडेल भन्छन्, नाम दर्ता गराउने वातवरण बनेन, मतदाता नामावली दर्ता अवधि थप्नुपर्छ
२०८२ कार्तिक २७ गते, बिहीबार
शुसिला कार्कीको औचित्य समाप्त भयो राजीनामा दिनुपर्छः डा. निलोलस भूषाल
२०८२ कार्तिक २७ गते, बिहीबार
चलचित्र ‘मिरमिरे’को दुईवटा पोस्टर सार्वजनिक
२०८२ कार्तिक २७ गते, बिहीबार
जनअपेक्षा पूरा गर्ने आईजीपी कार्कीको प्रतिबद्धता
२०८२ कार्तिक २७ गते, बिहीबार
निर्वाचन अघि कुनै हालतमा अधिवेशन हुन सक्दैनः राठौर
२०८२ कार्तिक २७ गते, बिहीबारकेपी ओलीलाई फेरि अध्यक्ष बनाएर देखाइदिन्छौँः बस्नेत
२०८२ कार्तिक २७ गते, बिहीबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





