गठबन्धनले काङ्ग्रेसलाई घाटा हुन्छ कि भन्ने चिन्ता अझै पनि छ – कांग्रेस नेता वावुकृष्ण सापकोटा

काठमाडौं । नेपाली कांग्रेसका नेता वावुकृष्ण सापकोटाले गठबन्धन गरेर जाँदा नेपाली कांग्रेसलाई घाटा लागेको बताएका छन् ।
ओमकार टेलिभिजनमा पत्रकार गंगा बरालसँग बुधबार बेलुका अन्तरवार्ता दिँदै उनले भने–‘ गठबन्धन भयो त्यो त राम्रै हो, कांग्रेसलाई पनि फाइदा नै होला तर अरुलाई भाग दिँदादिँदै कांग्रेस कमजोर भयो कि भन्ने चिन्ता छ ।’ उनले सत्ता गठबन्धनको निर्णय मान्न कांग्रेसीहरु बाध्य भएको बताए । नेपाली कांग्रेस धादिङका निवर्तमान कोषाध्यक्षसमेत रहेका उनले गठबन्धनका कारण अन्य पार्टीलाई भने राम्रै फाइदा भएको पनि जनाए । ‘हामी कांग्रेसका इमानदार कार्यकर्ता हौं, कतिपय कुरामा चित्त नबुझेको होला तर पार्टीको निर्णय मान्दैनौं भन्न सक्दैनौं’ उनले भने ‘ यो बेलामा कांग्रेसको राम्रो लहर चलेको थियो, अरुसँग तालमेल नगर्दा पनि अपेक्षा अनुसार जित्न सकिन्छ भन्ने सबैलाई लागेको थियो ।’ उनले हिजोको दिनमा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा अरु पार्टीको प्रमुख भूमिका रहेकाले ती पार्टीलाई त्यो गुण तिर्न देउवाले साहसिक निर्णय गर्नुपरेको पनि जनाएका छन् । हिजोको दिनमा नेकपा एमालेले सरकार चलाउँदा जनता वाक्कदिक्क भएकाले पनि कांग्रेसमात्र एकमात्र विकल्प रहेछ भनेर जनताले बुझिसकेको उनको भनाई छ ।
‘नेकपा एमाले त गफ गर्ने र जनता झुक्याउने पार्टी हो भन्ने पछिल्लो गतिविधिले पुष्टि भइसकेको छ, अब फेरि एमालेको गुलियो नारामा जनता भुलिने छैनन्’ उनले भने ‘ कांग्रेस ढाँट्न जान्दैन, घोषणापत्रमा पनि अन्ठासन्ठा कुरा लेख्दैन, कांग्रेसले जे गर्छ त्यो भन्छ, यो त पुरानै नारा हो ।’ गठबन्धन गरेर अरु पार्टीलाई भागबण्डा भएको स्थानीय तहमा कांग्रेसले ती पार्टीलाई मतदान गर्दिन भनेर असन्तुष्टि पोख्नु सामान्य कुरा भए पनि पार्टीले निर्णय गरेपछि विवाद क्रमशः साम्य भएको जाने उनको बुझाई छ । हिजो विभिन्न घटनामा कांग्रेसविरुद्ध अनेक आवाज उठे पनि विस्तारै मत्थर हुँदै गएको उनले प्रष्ट पारे । कांग्रेसले पछिल्लो समयमा धेरै काम गरे पनि जनतालाई नबुझाएकाले कांग्रेसप्रति भ्रम सिर्जना भएको उनको भनाई छ । ‘कांग्रेसले गरेको छ काम, जनताले पनि बुझेका छन् तर प्रचार गर्न नजान्दा हामी पछि परेका हौं’ उनले भने ‘ढुक्क हुनुहोस्, नेकपा एमालेले भ्रमको खेती गर्ने दिन अब गए ।’
उनले पार्टी सभापति देउवाले पार्टीका सबैको भावनालाई सम्बोधन हुने गरी उम्मेदवारी दिनुपर्ने सुझाव दिएका छन् । डा। शेखर कोइरालाको समूहबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका उनले कोइरालाको भनाइलाई नै आधार मान्दै सभापति देउवाले केही निर्णय परिवर्तन गरेको बताए । ‘हाम्रो त्यसरी दवाव नपरेको भए कांग्रेसलाई थप घाटा हुन्थ्यो त्यो खतरा हुनबाट बचायौं’ सापकोटाले भने ‘हाम्रो हिस्सालाई ख्याल गरिएन भनें हामी पनि बाध्य भएर हैसियत खोज्नका लागि लड्ने छौं ।’
उनले गठबन्धन गरेपछि नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चालाई बढी फाइदा भएको बताए । ‘जहाँ जसरी भए पनि अब उनीहरुको पनि प्रतिनिधित्व हुने भएको छ, यसमा कांग्रेसले उदारता देखाएकै हो’ उनले भने ‘आगामी निर्वाचनमा कसैले भ्रम छरेर मख्ख पार्न सक्छन्, त्यस्तो लोभलालचमा नफसी ढुक्कका साथ रुखमा मतदान गर्न आग्रह गर्दछु ।’ उनले सत्ता गठबन्धनभित्रको निर्णयलाई आफूहरुले माने पनि मतदाता र शुभचिन्तकले के गर्छन् भन्ने अझै पनि शंका रहेको बताएका छन् ।
ताजा

रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
रेशम चौधरी जेलबाट रिहा
२०८० जेष्ठ १५ गते, सोमबार
गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीलाई कैद सजाय माफी
२०८० जेष्ठ १५ गते, सोमबार
आज बजेट सार्वजनिक हुने
२०८० जेष्ठ १५ गते, सोमबार
१६औँ गणतन्त्र दिवस आज, सार्वजनिक विदा
२०८० जेष्ठ १५ गते, सोमबारसार्वजनिक यातायातको भाडा घट्यो, भोलिबाट लागू हुने
२०८० जेष्ठ ११ गते, बिहीबार
रेशम चौधरीलाई आममाफी दिने सरकारको तयारी
२०८० जेष्ठ ११ गते, बिहीबार
अनौठो गाउँ : यहाँका गाउँले न जुत्ताचप्पल लगाउँछन्, न बिरामी हुँदै अस्पताल जान्छन् !
२०८० जेष्ठ ११ गते, बिहीबार
नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरु विश्वका कुनै पनि चिकित्सकहरु भन्दा कम छैनन्ः सांसद भण्डारी
२०८० जेष्ठ ११ गते, बिहीबार
मेयर बालेनको दृढताले निजी विद्यालयहरुलाई तनाव
२०८० जेष्ठ ११ गते, बिहीबार
२०४६ सालयताका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न सांसद विष्टको माग
२०८० जेष्ठ ११ गते, बिहीबारलोकप्रिय

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई
२०७९ चैत्र २४ गते, शुक्रबार
धनकुटा महोत्सवमा ३० जना घाइते
२०७९ माघ १५ गते, आईतवार
निर्मला कुर्मी प्रकरणः रुबी खानसहित केही अधिकारकर्मी पक्राउ
२०७९ माघ ९ गते, सोमबार
विदेशमा रहेका नेपालीलाई रविको जागिर अफर– ‘तपाईंलाई लिन म आफैं एयरपोर्ट आउँछु’
२०७९ पुष ८ गते, शुक्रबार
भाईरल बरिशा, हिरोईन रश्मिकाले भेट्न आउने ईच्छा ब्यक्त गरेपछी….
२०७९ आश्विन ४ गते, मंगलवार
यी हुन् आमा-छोरा झट्ट हेर्दा दिदीभाइ जस्ता तर सँगै स्कुल ।
२०७९ आश्विन २ गते, आईतवार
भूमाफियाहरुको सातो खाएका काठमाडौँका मेयरले गरे अर्को कमालको काम….
२०७९ आश्विन २ गते, आईतवार
बालेन ले बाबुरामलाइ दिए मुखभरीको जवाफ भने हजारौंको घर भ,त्काएर फुटपाथ बनाउँदा सोच्न पर्थ्यो नि ।”
२०७९ आश्विन १ गते, शनिबार