असन्तुष्टिका स्वरहरू स्वाभाविक, केही दिनमा साम्य हुन्छः प्रचण्ड

२०७९ बैशाख ८ गते, बिहीबार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनबारे असन्तुष्टिका स्वरहरू सुनिनु लोकतन्त्रको सुन्दर पक्ष भएको बताएका छन् । सत्तारुढ गठबन्धनले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाको भागबण्डा टुङ्ग्याएपछि गठबन्धनभित्र असन्तुष्टि देखिएकोबारे पत्रकारहरूले गरेको प्रश्नमा अध्यक्ष प्रचण्डले असन्तुष्टिका स्वरहरू स्वाभाविक भएको र यो केही दिनमा शान्त हुने आशा व्यक्त गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरूसँगको अन्तरक्रियामा भने, ‘टिकट वितरण गर्दा एउटा पार्टीभित्र त असन्तुष्टि देखिन्छ, यहाँ त गठबन्धनको कुरा छ । तर असन्तुष्टि धेरै ठूलो छैन । असन्तुष्ट रहनुभएका साथीहरूले पनि केही दिनमा कुरा बुझ्नुहुन्छ । यो शान्त र साम्य हुन्छ भन्ने आशा लिएको छु ।’

उनले आसन्न स्थानीय निर्वाचनमा अग्रगमन र प्रतिगमनका पक्षहरू ध्रुवीकृत भएको जिकिर गरे । उनले भने, ‘एकतातिर अग्रगमनका पक्षधरहरू एक जुट भएका छन् भने अर्कोतिर प्रतिगमनका समर्थकहरू छन् । हिजो राजा महाराजसँग सम्बन्धित शक्तिहरूदेखि अरू कुनै दलाल शक्तिहरू कहिले ८ दल कहिले ९ दल भनेर जुटेका छन् । अग्रगमनका पक्षधरहरू र यो प्रगतिलाई उल्टाउने कोसिस गर्नेहरुबीच ध्रुवीकरण देखिएको छ । त्यसैले यो निर्वाचनलाई परिवर्तन जोगाउने आन्दोलनको अङ्गकै रूपमा लिनुपर्छ ।’

उनले केन्द्रमा भएको सहमतिसँगै अन्य ठाउँमा पनि गठबन्धनबीच तालमेल हुन्छ भन्ने विश्वास आफूले लिएको सुनाए । ‘हामीले हिजोको वक्तव्यमा पनि गठबन्धनमा अधिकतम जोड गर्ने भनेका छौँ । तलका साथीहरूले पनि त्यही भावना र मर्मलाई आत्मसात् गर्ने अपेक्षा छ । कहीँ कतै समस्या भयो भने स्वस्थ प्रतिस्पर्धाको ठाउँ बाँकी राखेका छौँ । तर आ–आफै प्रतिस्पर्धालाई प्राथमिकता दिने चाहिँ भनिएको होइन ।’

अध्यक्ष प्रचण्डले सुरुदेखि गठबन्धनले चुनाव सार्छ भन्ने कन्फ्युजन पार्न खोजिए पनि त्यो गलत भएको बताए । ‘मैले सुरुदेखि नै निर्वाचन सर्दैन भन्दै आएको थिएँ । गठबन्धन दृढतापूर्वक निर्वाचनमा गइसकेको छ । अब केही कन्फ्युजन छैन होला । अब यो निर्वाचनलाई निष्पक्ष, स्वच्छ र धाँधलीरहित बनाउनुपर्छ र व्यापक जनसहभागिता सुनिश्चित गर्नुपर्छ । सुदूरपश्चिममा पार्टीको सङ्गठन सुदृढ र विस्तारको क्रम राम्रोसँग अघि बढेको प्रचण्डले सुनाए ।

165 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal