५१ रनले हराउँदै नेपालले जित्यो उपाधि

२०७८ चैत्र २१ गते, सोमबार

काठमाडौं । नेपालले सोमबार पपुवा न्युगिनी (पीएनजी)लाई ५१ रनले हराउँदै त्रिदेशीय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि जितेको छ ।

दीपेन्द्रले अविजित ५४ रन बनाएपछि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो । दीपेन्द्रले चार विकेट लिएपछि १६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६।१ ओभरमा सबै विकेट गुमाएर ११७ रनमात्र बनाउन सक्यो ।

मलेसिया र पीएनजी सहभागी शृंखलामा नेपाल अपराजित रहँदै उपाधि जित्न सफल भयो । मलेसिया र पीएनजीले एक एक खेले जिते । नेपालले घरेलु मैदानमा दोस्रो पटक उपाधि जित्न सफल भएको हो । यसअघि नेदरल्यान्ड र मलेसिया सम्मिलित ट्वान्टी–१० अन्तर्राष्ट्रिय त्रिदेशीय शृंखला पनि नेपालले जितेको थियो ।

दीपेन्द्रले चार ओभरमा १८ रन दिएर चार विकेट लिएपछि पीएनजीका कुनै पनि ब्याट्सम्यानले लामो इनिङ्स खेल्न सकेनन् । तेस्रो ओभरमै ओपनर लेगा सिएकालाई गुमाएको पाहुना टोली पीएनजीले पाँचौँ ओभरमा कप्तान असद भालालाई गुमाएको थियो । दुबैले समान आठ रन बनाएका थिए । सिएकालाई करण केसीले आदिल आलममार्फत क्याच गरेका थिए भने भालालाई दीपेन्द्रले एलबीडब्ल्यू आउट गरेका थिए ।

दीपेन्द्रले लगत्तै टोनी उरालाई पनि पवेलियनको बाटो देखाए । उराले रनको खाता खोल्न सकेनन् । दीपेन्द्रले चार्लेस एमिनीलाई पनि सोमपाल कामीमार्फत क्याच गरे । एमिनी र सेसे बाउले चौथो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए ।

३८ बलमा १ चौका र ६ छक्कासहित ५९ रन बनाएका बाउले एक इन्डबाट विकेट सम्हाल्ने प्रयास गरे पनि अर्को इन्डबाट उनले साथ पाएनन् । १५.२ ओभरमा बाउ आउट भएपछि पीएनजीको आशा सकिएको थियो । पीएनजीले १६।१ ओभरमा ११७ रन बनाउँदा सबै विकेट गुमायो ।

नेपालका दीपेन्द्रबाहेक करण केसीले तीन र सन्दीपले दुई विकेट लिए । त्यसअघि मध्यम सुरुआत गरेको नेपाल ११ ओभर सकिँदा ८२र२ को स्थितिमा थियो । त्यसपछि सेमो कामेयाले मेडनसहित तीन विकेट लिएपछि खेलले नयाँ मोड लिएको थियो । कामेयाले १२औँ ओभरको पहिलो बलमा आसिफ शेखलाई लेगा सिएकाको हातबाट क्याच गरेका थिए । त्यस्तै तेस्रो बलमा आरिफ शेख कप्तान असद भालामार्फत क्याच गरे । कामेयाले पाँचौँ बलमा दिलिप नाथलाई बोल्ड गरेका थिए ।
आसिफले २९ रन बनाए भने आरिफ र दीलिपले रनको खाता खोल्न सकेनन् । त्यसअघि कुशल भुर्तेल २५ र रोहितकुमार पौडेल दुई रन बनाएर पवेलियन फर्किएका थिए । कुशल र आसिफले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । असिफ र दीपेन्द्रले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरेका थिए । दीपेन्द्रले आदिल आलमसँग पनि छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गरे ।

आदिल १५ रन बनाएर आउट भएपछि दीपेन्द्र र करणले आक्रमक ब्याटिङ गर्दे नेपालको इनिङ्स उकासेका थिए । दुईले सातौँ विकेटका लागि ५४ रनको साझेदारी गरे । दीपेन्द्रले ३८ बलमा पाँच चौकासहित अविजित ५४ रन बनाए । करणले १२ बलमा पाँच चौका र एक छक्कासहित अविजित ३३ रन बनाए ।

दीपेन्द्रले आजै ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गरेका थिए । पीएनजीका कामेयाले तीन विकेट लिए । चार सोपर, कबुवा मोरेया र रिले हेकुरेले एक एक विकेट लिए ।

173 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’

२०८३ जेष्ठ १० गते, आईतवार

सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई

२०८३ जेष्ठ १० गते, आईतवार

ओलीलाई अझै अप्ठ्यारो

२०८३ जेष्ठ १० गते, आईतवार

युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण :  मिश्र

२०८३ जेष्ठ ७ गते, बिहीबार

स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ

२०८३ जेष्ठ ७ गते, बिहीबार

श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु

२०८३ जेष्ठ ७ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal