नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा रामशरण देउजाद्वारा उम्मेदवारी घोषणा
काठमाडौं । नेपाल निर्माण ब्यवसायी महासंघको आज र भोलि हुने १२औं अधिवेशनमा महासंघका पूर्वमहासचिव रामशरण देउजाले उम्मेदवारी घोषणा गरेका छन् । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै देउजाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा बोल्दै देउजाले बिकराल समस्याको बीच निर्माण व्यवसायी रुमालिएको भन्दै उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याउनको लागि आफुले उम्मेदवारी दिन लागेको बताए । उनले भने,‘निर्माण व्यवसायमा बिकराल समस्या छन्, समस्यामा रुमालिएको उद्योगका समस्यालाई सम्बन्धित निकायमा पुर्याएर निर्माण उद्योगीहरुलाई पुर्वः ताजगी गराउन मैले उम्मेदवारी दिन लागेको हो ।’ पुर्वअध्यक्षसहित सर्वसम्मत प्रयास रहेसम्म आफु र आफ्नो उम्मेदवारी बाधक नहुने पनि उनले स्पष्ट पारेका छन् ।
आफूले अप्रत्यक्ष रुपले २०४३ र प्रत्यक्ष रुपले २०४७ सालदेखि निर्माण व्यवसायीको रुपमा निरन्तर सम्लग्न रहेको पनि देउजाले उल्लेख गरे । स्वः अध्यक्ष सरद गौचन र आफु महासचिव हुँदा साना व्यवसायीको हितको लागि काम गर्ने सिलशिलामा २ करोड सम्मको निर्माण कार्यहरुमा कुनै पनि योग्यता नचाहिने नियम संसोधन गर्न सफल देउजाले जिकिर गरे ।
उनले लामो समयदेखि आफुले आर्जन गरेको अनुभवको आधारमा महासंघलाई अगाडी बढाउने समेत प्रतिवद्धता व्यक्त गरे । महासचिव हुँदा पनि साना व्यवसायीहरुको समस्यामा आफु केन्द्रित भएको र उनीहरुको हकहितको लागि काम गर्दै आएको सुनाउँदै अध्यक्षमा निर्वाचित भएमा यसलाई निरन्तरता दिने स्पष्ट पारे ।
उनले अहिले समग्र निर्माण उद्योग अस्वच्छ अविश्वसनिय दररेट कबोल गर्ने प्रतिस्पर्धामा रुमलिएको भन्दै दुःख प्रकट गरे । उनले भने,‘अविश्वसनिय दरररेट कबोल गर्ने गरेको कारण अस्वच्छ प्रतिस्पर्धाले निर्माण उद्योगमा प्र्रश्रय पाएको छ यसलाई हटाउनुपर्छ ।’
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





