राज के गोस्वामीको ‘बादलहरु’ सार्वजनिक

२०७८ फाल्गुन २७ गते, शुक्रबार

काठमाडौँ । उज्यालो नेपालका अभियन्ता नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । कुलमान स्वयंको उपस्थितिमा राज के गोस्वामीको स्वर रहेको ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतको रचना अभिनेत्री सुरक्षा पन्तले गरेकी हुन् भने संगीत मानव सुवेदीले तयार गरेका हुन् ।

नेपाली टचको प्रस्तुतिको रहेको गीत सार्वजनिक कार्यक्रममा अभिनेता राजेश हमाल, गायकहरु राजेश पायल राई, सुगम पोखरेल, शिव परियार, धर्मेन्द्र सेवानले गायक गोस्वामीलाई शुभकामना दिएका थिए ।
कार्यक्रममा बोल्दै गायक शिव परियारले आफूले धेरै कुरा बताउने गीत गाए पनि विकासको गीत गाउने संगीत पहिलो पल्ट हेरेको धारणा राखेका थिए ।

‘म आफैँले पनि जीवनमा धेरै भाव र जीवन अभिव्यक्त गर्ने गीत गाएको छु । तर विकासको पनि गीत हुन सक्नेरहेछ भन्ने कुरा यो गीत हेरेपछि महसुस गरेँ,’उनको भनाइ थियो ।

गीतको भिडियोले गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियर र ऊसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षा पन्तकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।

अभिनेता राजेश हमालले अष्ट्रेलियामा नियमित कार्यक्रम गर्ने नेपाली टचसँग आफ्नो पुरानो नाता रहेको जानकारी गराउँदै समाज र कलाबीचमा लेनदेनको गज्जबको सम्बन्ध हुने यथार्थ उद्घाटन गरेका थिए । ‘कलाले यो समाजबाटै प्रेरणा लिन्छ र समाज प्रेरित यही कथाबाट हामी थप प्रभावित हुन्छौँ’ हमालको भनाइ थियो, ‘कुलमानजीको वास्तविक भिडियोले यो गीत र भिडियो सिर्जना भयो । हामी यो भिडियो हेरेर प्रभावित भयौँ ।’ उनले भिडियोमा गायनसँगै अभिनयमा पनि डेब्यु गरेका गोस्वामी र सुरक्षा पन्तको पनि अभिनयको प्रशंसा गरेका थिए । गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी सुरक्षा पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको जानकारी दिइन् ।

सुरक्षाका अनुसार भिडियोभित्र आफ्नो चरित्रले नेपाल आमाको प्रतिनिधित्व गर्ने र घनु जोशी र राज के गोस्वामीले निर्वाह गरेको चरित्रले नेतृत्व र भविष्यको अर्थ अभिव्यक्त गरेको छ । उनले कुलमान घिसिङले कुनै गाउँमा जनतालाई बिजुलीको महत्व सम्झाउँदै गरेको भिडियोबाट प्रेरित भएर नै भिडियोको खाका बनेको जानकारी गराएकी थिइन् ।

‘मैले उहाँको भिडियो हेरेकी थिएँ जहाँ हाम्रो चरित्रले खोजेजस्तै अवरोध उहाँले खप्नु भएको थियो । एक अर्थमा भन्ने हो यो भिडियो उहाँजस्तै कुशल नेतृत्वकर्तालाई ट्रिब्युट हो’ सुरक्षाले भनिन् ।

कुलमान घिसिङले आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको बताए । उनले भिडियोमा देखाए जस्तै आफूले बिजुलीको महत्व बुझाउन धेरै संघर्ष गर्नुपरेको स्मरण गर्दै आफू नेपालको कुनाकुनामा बिजुली पुर्याउन दत्तचित्त रहेको बताएका थिए । कुलमानले ९५ प्रतिशत जनताको घर आँगनमा बिजुली पुग्न लागेको पनि जानकारी गराएका थिए ।

गायक राजले भने आफूलाई गायकको रुपमा भन्दा पनि संगीतप्रेमीको रुपमा चिनाउन मन पराउने बताउँदै आफ्नो स्वर सुहाउँदो गीत भएकाले गाउने चेष्टा गरेको बताए ।

निर्देशक मानव सुवेदीले देखिरहेको क्यानभासमा आफूलाई फरक कथा भन्ने रुचि लाग्ने र ‘बादलहरु’को भिडियोमा पनि आफूहरुले देखे सुनेकै कथा प्रस्तुत गरेको बताएका थिए ।

ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक भएको गीतलाई सुशील सापकोटाले छायांकन गरेका हुन् भिडियोको सम्पादन मानव स्वयंले गरेका हुन् ।

13 Views

ताजा

हेटौंडाबाट कमल थापाले गरे मतदान

२०७९ बैशाख ३० गते, शुक्रबार

हेटौंडाबाट कमल थापाले गरे मतदान

२०७९ बैशाख ३० गते, शुक्रबार

यो निर्वाचन परीक्षाको घडीः राजेन्द्र लिङ्देन

२०७९ बैशाख ३० गते, शुक्रबार

मतदाताहरु परिवर्तन गर्न उत्साहित: बालेन शाह

२०७९ बैशाख ३० गते, शुक्रबार

बिहानैदेखि सुनसान काठमाडौं

२०७९ बैशाख ३० गते, शुक्रबार

प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्, निर्धक्क भएर मतदान गर्नु

२०७९ बैशाख ३० गते, शुक्रबार

आज निर्वाचन, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा

२०७९ बैशाख ३० गते, शुक्रबार

पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा

२०७९ बैशाख २९ गते, बिहीबार

प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक

२०७९ बैशाख २९ गते, बिहीबार

मन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

२०७९ बैशाख २९ गते, बिहीबार

भोट हाल्न घर जान गाडी नै पाउन मुस्किल

२०७९ बैशाख २९ गते, बिहीबार

लोकप्रिय

मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही

२०७९ बैशाख २७ गते, मंगलवार

दाजुद्वारा भाईको कफीशप उद्घाटन

२०७८ पुष १९ गते, सोमबार
२९ गते नेपाल बन्द हुँदै

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द

२०७८ कार्तिक २६ गते, शुक्रबार

सुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)

२०७८ भाद्र ६ गते, आईतवार

जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला

२०७८ श्रावण ५ गते, मंगलवार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।

२०७८ असार २४ गते, बिहीबार

खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?

२०७८ असार २४ गते, बिहीबार

यूनियन लाइफ इन्स्योरेन्सको आईपीओमा कति पर्यो आवेदन ?

२०७८ असार २४ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal