कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’

२०७८ फाल्गुन १६ गते, सोमबार

काठमाडौं नेपाली सौन्दर्य प्रतियोगिता एवं फेसन कोरियोगाफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो ।

समारोहका प्रमुख अतिथी पूर्वमन्त्री मा। राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फवाट संस्थाका प्रमुख टेक राज पाण्डेले संयुक्त रूपमा दोशल्ला तथा सम्मान(पत्रले झालाई सम्मानित गरेका हुन ।

कोरियोग्राफर अश्विनीले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोगाफी मार्फत नेपाली समाजमा रहेका प्रतिभाहरुलाई विभिन्न प्रतियोगितामा आफ्नो प्रशिक्षणले यस क्षेत्रमा कुशल तथा अव्बल नागरिक उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएका छन् । उनले कोरियोग्राफीमार्फत समाजमा विद्धमान विसंगतीलाई प्रहार गरी विभिन्न प्रतियोगितामा सामाजिक मुद्दालाई समेत उजागर गरी उच्च प्राथमिकताका आवाज उठाउने गरेका छन ।

नेपाली सौन्दर्य प्रतियोगिता लगायत फेशन विधामा स्थापित झा डेढ दशकदेखि क्रियाशिल रहि पुर्याएको योगदानको कदर स्वरूप दक्ष इन्टरनेसनलले सम्मानित गर्न पाउँदा निकै खुशी लागेको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले बताए ।

नेपाली कला क्षेत्रमा कोरियोग्रफिका माध्यमले पुर्याएको योगदनलाई कदर गर्दै युवा मन्त्रालयबाट प्रदान गरिने ुराष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ु बाट सम्मानित कोरियोग्राफर अश्विनीले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन ।

सम्मान ग्रहण गर्दै कोरियोग्राफर झाले आयोजक संस्थालाई धन्यवाद दिदैं नेपाली कला संस्कृतिलाई अझ उचाईमा पुर्याउन निरन्तर क्रियाशिल रहि सौन्दर्य प्रतियोगिता तथा फेशन क्षेत्रको संरक्षण, सम्बर्दन र विकासमा आफ्नो योगदान रहने र यस्ता सम्मानले आफ्नो कर्ममा अझै दत्तचित्त भएर अघि बढन हौसला मिलेको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा कोरियोग्राफर अश्विनी कान्त झा लगायत हाँस्य अभिनेता प्रेम पाण्डे, अभिनेता उत्तम केसी, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।

266 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal