चैत ८ मा पल्सर स्पोर्टस अवार्ड

२०७८ फाल्गुन १६ गते, सोमबार

काठमाडौं । यस वर्षको पल्सर स्पोर्टस अवार्ड चैत ८ गते आयोजना हुने भएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले आईतबार पत्रकार सम्मेलन गरेर १८ औं संस्करणको अवार्डको मिति सार्वजनीक गरेको हो ।
मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदीले कोभिडका कारण गत वर्ष कमै मात्र प्रतियोगिता आयोजना भएका कारण यस वर्ष फरक स्वरुपमा अवार्ड गरिने बताए । उनले पछिल्ला १० वर्षमा नेपाली खेलकुदमा ईतिहास कायम गरेका व्यक्तिलाई यस वर्ष सम्मानित गरिने बताए ।
आयोजकका अनुसार यस वर्ष सर्वोत्कृष्ट दशक पुरुष खेलाडी, सर्वोत्कृष्ट दशक महिला खेलाडी, सर्वोत्कृष्ट दशक प्रशिक्षक, पारा एथलिट सम्मान, स्पेसल वार्ड, लाईफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड र पिपल्स च्वाइस अवार्ड विधामा पुरस्कृत गरिनेछ । दशक अवार्ड भएका कारण यस वर्ष सर्वोत्कृष्ट युवा खेलाडीको विधा भने समावेश नगरिने आयोजकले जनाएको छ ।
मञ्चका महासचिव प्रज्वल ओलीले अवार्डका लागि मञ्चको खेलाडी छनोट समितिले आवश्यक गृहकार्य सुरु गरिसकेको बताए । उनले दशक खेलाडी पुरुष, महिला, प्रशिक्षकको छनोट कार्य सुरु भइसकेको जानकारी दिए । ओलीका अनुसार पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोर्टस जर्नालिस्ट अवार्डका विजेता कार्यक्रमकै दिन घोषणा गरिनेछ भने पिपल्स च्वाइस अवार्डका लागि भने छिटै मनोनयन सार्वजनिक गरिनेछ ।
आयोजकका अनुसार दशक खेलाडी पुरुष, महिला, प्रशिक्षक र पिपल्स च्वाइस गरी चार विधाका विजेतालाई बजाज पल्सर मोटरसाइकल प्रदान गरिनेछ । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । अवार्ड कार्यक्रमलाई सफल बनाउन मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र)को अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । हरेक वर्ष जस्तै पल्सर स्पोर्टस अवार्डको मुख्य प्रायोजकको रुपमा हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालीको बजाज पल्सर मोटरसाईकल रहनेछ ।

246 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal