कोरियोग्राफर अश्विनीलाई ‘दक्ष कला सम्मान’

काठमाडौं नेपाली सौन्दर्य प्रतियोगिता एवं फेसन कोरियोगाफीमा छुट्टै पहिचान बनाएका कोरियोग्राफर अश्विनी कान्त झालाई ‘दक्ष कला सम्मान’ प्रदान गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रममा कोरियोग्राफर झालाई सो विधाले सम्मानित गरिएको हो ।
समारोहका प्रमुख अतिथी पूर्वमन्त्री मा। राजकिशोर यादव, नेपाली चलचित्रका नायक भुवन केसी र आयोजक संस्थाका तर्फवाट संस्थाका प्रमुख टेक राज पाण्डेले संयुक्त रूपमा दोशल्ला तथा सम्मान(पत्रले झालाई सम्मानित गरेका हुन ।
कोरियोग्राफर अश्विनीले नेपाली सौन्दर्य प्रतियोगिता तथा फेसन कोरियोगाफी मार्फत नेपाली समाजमा रहेका प्रतिभाहरुलाई विभिन्न प्रतियोगितामा आफ्नो प्रशिक्षणले यस क्षेत्रमा कुशल तथा अव्बल नागरिक उत्पादन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत आफ्नो प्रभुत्व जमाउन सफल भएका छन् । उनले कोरियोग्राफीमार्फत समाजमा विद्धमान विसंगतीलाई प्रहार गरी विभिन्न प्रतियोगितामा सामाजिक मुद्दालाई समेत उजागर गरी उच्च प्राथमिकताका आवाज उठाउने गरेका छन ।

नेपाली सौन्दर्य प्रतियोगिता लगायत फेशन विधामा स्थापित झा डेढ दशकदेखि क्रियाशिल रहि पुर्याएको योगदानको कदर स्वरूप दक्ष इन्टरनेसनलले सम्मानित गर्न पाउँदा निकै खुशी लागेको आयोजक संस्थाका प्रमुख टेकराज पाण्डेले बताए ।
नेपाली कला क्षेत्रमा कोरियोग्रफिका माध्यमले पुर्याएको योगदनलाई कदर गर्दै युवा मन्त्रालयबाट प्रदान गरिने ुराष्ट्रिय युवा प्रतिभा सम्मान २०७७ु बाट सम्मानित कोरियोग्राफर अश्विनीले यसअघि पनि थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन ।
सम्मान ग्रहण गर्दै कोरियोग्राफर झाले आयोजक संस्थालाई धन्यवाद दिदैं नेपाली कला संस्कृतिलाई अझ उचाईमा पुर्याउन निरन्तर क्रियाशिल रहि सौन्दर्य प्रतियोगिता तथा फेशन क्षेत्रको संरक्षण, सम्बर्दन र विकासमा आफ्नो योगदान रहने र यस्ता सम्मानले आफ्नो कर्ममा अझै दत्तचित्त भएर अघि बढन हौसला मिलेको प्रतिक्रिया दिए ।

उक्त कार्यक्रममा कोरियोग्राफर अश्विनी कान्त झा लगायत हाँस्य अभिनेता प्रेम पाण्डे, अभिनेता उत्तम केसी, चलचित्र निर्देशक कल्याण अधिकारी, मेकअप आर्टिस्ट गीता पौडेल, ब्युटिसियन रचना शाक्य र रेनु शाक्य रानालाई पनि कार्यक्रममा सम्मानित गरिएको थियो ।
ताजा

गोरखाबाट बाबुराम भट्टराईले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
गोरखाबाट बाबुराम भट्टराईले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
चितवनबाट प्रचण्डले गरे मतदान, जित र हार स्वभाविक प्रक्रिया होः प्रचण्ड
२०७९ बैशाख ३० गते, शुक्रबार
हेटौंडाबाट कमल थापाले गरे मतदान
२०७९ बैशाख ३० गते, शुक्रबार
यो निर्वाचन परीक्षाको घडीः राजेन्द्र लिङ्देन
२०७९ बैशाख ३० गते, शुक्रबार
मतदाताहरु परिवर्तन गर्न उत्साहित: बालेन शाह
२०७९ बैशाख ३० गते, शुक्रबार
बिहानैदेखि सुनसान काठमाडौं
२०७९ बैशाख ३० गते, शुक्रबार
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्, निर्धक्क भएर मतदान गर्नु
२०७९ बैशाख ३० गते, शुक्रबार
आज निर्वाचन, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा
२०७९ बैशाख ३० गते, शुक्रबार
पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
२०७९ बैशाख २९ गते, बिहीबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार