हाम्रो पार्टीमा कमल थापालाई ठाउँ छैन– प्रदीपविक्रम राणा

२०७८ फाल्गुन ८ गते, आईतवार

काठमाडौं । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले आफूहरुको पार्टीमा कमल थापालाई कुनै ठाउँ नभएको बताएका छन् । थापा पार्टीको अध्यक्ष भएको भनेर तत्कालीन अध्यक्ष लाक्पा तामाङले घोषणा गरेपछि राणाले आपत्ति जनाएका हुन् ।
राणाले हालै रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर थापालाई आफ्नो पार्टीमा प्रवेश गर्ने बाटो नभएको बताएका छन् । उनले लाक्पासहित केही पदाधिकारीहरु मात्र उता भएको र आफूहरुसँग नै पदाधिकारीको बहुमत भएकाले थापालाई स्विकार्ने कुनै निर्णय नभएको स्पष्ट पारे । ‘हाम्रो पार्टीको लाइनभन्दा विपरीत दिशामा छन् थापा, हामी राजतन्त्र र हिन्दुराष्ट्र भन्छौं थापा गणतन्त्रवादी भइसके’ राणाले भने ‘ थापा मुसा प्रवृत्तिका हुन्, यस्ता मुसालाई पार्टीमा ठाउँ दिन सकिँदैन ।’ थापाले पार्टीमा भाँडभैलो मच्चाउने पनि राणाको भनाई छ । राणाले तामाङले केही स्वार्थमा पार्टी बेचेको समेत आरोप लगाए । उनले थापालाई अर्को पार्टी खोल्न सल्लाह दिएका छन् । राणाले थापाको विरुद्धमा अदालतमा पनि मुद्धा दिइसकेकाले उनको नाममा पार्टी नरहने पनि स्पष्ट पारेका छन् । राणाले २०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा थापासँग अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । ‘लाक्पाले दिँदैमा हुँदैन, पार्टी हाम्रो हो, सबै डकुमेन्ट हामीसँग छ’ राणाले भने ‘तामाङले थापालाई तपाइको नासो तपाइलाई फिर्ता दिएको भन्नु हास्यास्पद छ, यसलाई कसैले पनि स्विकादैनन् ।’

220 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

कृष्णभीरमा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडक पूर्णरूपमा अवरुद्ध

२०८३ आश्विन ९ गते, शुक्रबार

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहद्वारा राष्ट्रसंघको महासभालाई गरेको सम्बोधनको पूर्णपाठ

२०८३ आश्विन ९ गते, शुक्रबार

प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई के–के भने

२०८३ आश्विन ९ गते, शुक्रबार

डोल्पाका जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना

२०८३ आश्विन ८ गते, बिहीबार

आजदेखि देशभर मुसलधारे वर्षा

२०८३ आश्विन ८ गते, बिहीबार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal