हाम्रो पार्टीमा कमल थापालाई ठाउँ छैन– प्रदीपविक्रम राणा

काठमाडौं । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले आफूहरुको पार्टीमा कमल थापालाई कुनै ठाउँ नभएको बताएका छन् । थापा पार्टीको अध्यक्ष भएको भनेर तत्कालीन अध्यक्ष लाक्पा तामाङले घोषणा गरेपछि राणाले आपत्ति जनाएका हुन् ।
राणाले हालै रिपोर्टर्स क्लव नेपालमा पत्रकार सम्मेलन गरेर थापालाई आफ्नो पार्टीमा प्रवेश गर्ने बाटो नभएको बताएका छन् । उनले लाक्पासहित केही पदाधिकारीहरु मात्र उता भएको र आफूहरुसँग नै पदाधिकारीको बहुमत भएकाले थापालाई स्विकार्ने कुनै निर्णय नभएको स्पष्ट पारे । ‘हाम्रो पार्टीको लाइनभन्दा विपरीत दिशामा छन् थापा, हामी राजतन्त्र र हिन्दुराष्ट्र भन्छौं थापा गणतन्त्रवादी भइसके’ राणाले भने ‘ थापा मुसा प्रवृत्तिका हुन्, यस्ता मुसालाई पार्टीमा ठाउँ दिन सकिँदैन ।’ थापाले पार्टीमा भाँडभैलो मच्चाउने पनि राणाको भनाई छ । राणाले तामाङले केही स्वार्थमा पार्टी बेचेको समेत आरोप लगाए । उनले थापालाई अर्को पार्टी खोल्न सल्लाह दिएका छन् । राणाले थापाको विरुद्धमा अदालतमा पनि मुद्धा दिइसकेकाले उनको नाममा पार्टी नरहने पनि स्पष्ट पारेका छन् । राणाले २०७३ सालमा भएको राप्रपाको एकता महाधिवेशनमा थापासँग अध्यक्षमा प्रतिष्पर्धा गरेका थिए । ‘लाक्पाले दिँदैमा हुँदैन, पार्टी हाम्रो हो, सबै डकुमेन्ट हामीसँग छ’ राणाले भने ‘तामाङले थापालाई तपाइको नासो तपाइलाई फिर्ता दिएको भन्नु हास्यास्पद छ, यसलाई कसैले पनि स्विकादैनन् ।’
ताजा

बिहानैदेखि सुनसान काठमाडौं
२०७९ बैशाख ३० गते, शुक्रबार
बिहानैदेखि सुनसान काठमाडौं
२०७९ बैशाख ३० गते, शुक्रबार
प्रमुख निर्वाचन आयुक्त थपलिया भन्छन्, निर्धक्क भएर मतदान गर्नु
२०७९ बैशाख ३० गते, शुक्रबार
आज निर्वाचन, एक लाख ४५ हजार ११ जना चुनावी प्रतिस्पर्धामा
२०७९ बैशाख ३० गते, शुक्रबार
पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा
२०७९ बैशाख २९ गते, बिहीबार
प्राथमिक तह शिक्षक पदको नतिजा सार्वजनिक
२०७९ बैशाख २९ गते, बिहीबार
मन्त्री प्रेम आलेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
२०७९ बैशाख २९ गते, बिहीबार
भोट हाल्न घर जान गाडी नै पाउन मुस्किल
२०७९ बैशाख २९ गते, बिहीबार
मतदान गर्न मतदाता नामावलीमा नाम अनिवार्य हुनै पर्ने
२०७९ बैशाख २९ गते, बिहीबार
आचारसंहिता उल्लंघन गरेपछि किन कारबाही नगर्ने ? – निर्वाचन आयोग
२०७९ बैशाख २९ गते, बिहीबार
भोट हाल्न गाउँ फर्किनेहरुको लर्को
२०७९ बैशाख २८ गते, बुधबारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार