औचित्यहीन बन्दै प्रतिनिधिसभा

२०७८ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट ब्यूँतिएको प्रतिनिधिसभा त्यसयता सुचारु रुपले सञ्चालन हुन सकेको छैन । आफ्नो पार्टी विभाजनका लागि सभामुख अग्निप्रसाद सापकोटाले षड्यन्त्र गरेको भन्दै त्यो नसच्याएसम्म प्रतिनिधिसभा बैठक सञ्चालन हुन नदिने निर्णयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अडिग छ । उसको यही अडान र पछिल्लो समय अमेरिकी सहयोग नियोग एमसीसीका कारण संसद चल्न सकिरहेको छैन । जसका कारण प्रतिनिधिसभाकै औचित्यमाथि प्रश्न खडा हुन पुगेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी टेबुल गर्ने बताउँदै आए पनि हिजोको प्रतिनिधिसभा बैठक पनि लामो समयसम्म चल्न सकेन । एमाले सांसदहरुले अवरोध जारी राखेपछि १४ मिनेट बसेर प्रतिनिधिसभा बैठक ६ गते शुक्रबार सम्मका लागि स्थगित हुन पुगेको छ ।
सर्वोच्च अदालतले गत असार २८ गते दोस्रोपटक पुनःस्थापित भएपछि प्रतिनिधिसभा बैठक संचालन हुन सकेको छैन । विभिन्न राजनीतिक घटनाक्रमसँगै पछिल्लो एमसीसी सम्झौताको विषयले प्रतिनिधिसभा बन्धक बनिरहेको छ । नियम कानूनको निर्माण र जनताका समस्याहरुबारे छलफल गर्नुपर्ने निकाय बन्धक बन्नु र जनप्रतिनिधिहरुले तलब र भत्ताबापत अर्बौ रुपैयाँको स्वाहा बनाउनुलाई कुनै पनि हिसाबमा उचित मान्न सकिँदैन । दोश्रो पटक संसद पुनस्र्थापित भएयता वास्तविक रुपमा राष्ट्रिय ढुकुटी रित्याउने काम मात्र भएको छ । पटक–पटक सूचना टाँस गरेर बैठक स्थगित हुनुले पनि यो कुराको पुष्टि गर्दछ ।
सदन खुलाउन सभामुख अग्नि सापकोटाले पर्याप्त पहल नगर्दा उनको काम नै सूचना टाँस गरेर बैठक रोक्नमै सीमित हुन पुगेको छ । संविधानसभाताका अध्यक्ष सुवास नेम्वाङको दिनचर्या यसैगरी बित्ने गरेको थियो । त्यही कारण हिजो नेम्वाङमाथि गरिएको व्यंग्य हिजोआज सामाजिक सञ्जालमा सभामुख सापकोटामाथि गर्न थालिएको छ । मंसिर २८ गतेदेखि सुरु भएको सदनको हिउँदे अधिवेशन एक पनि राम्रोसँग बैठक बस्न सकेको छैन । गत पुस १८ गते यता मात्रै सभामुख सापकोटाको निर्देशनमा महासचिव भरतराज गौतमले ६ पटक बैठक स्थगित भएको सूचना जारी गरेका छन्। सभामुख सापकोटाले पुस २२, २८ गते र माघ ३, १६ र २६ गतेका लागि तय भएको बैठक स्थगित गरेका हुन् । पछिल्लो समय प्रतिनिधिसभा बैठक स्थगितको बहाना बनेको छ, एमसिसी सम्झौताको अनुमोदन । बुधबार दिउँसो १ बजे का लागि बोलाइएको बैठक मंगलबार राति कार्यालय बन्द भइसकेपछि सूचना जारी गर्दै स्थगित भयो । दलहरुबीच एमसीसीका सम्बन्धमा एक किसिमको सहमति भएर संसद बैठक बोलाइए पनि विपक्षी दल नेकपा एमालेका कारण सुचारु हुने स्थिति छैन । प्रमुख विपक्षी दल एमालेलाई विश्वासमा लिएर र एमसीसीका सन्दर्भमा ठोस धारणा बनाएर अगाडि बढ्न नसक्ने हो भने यो प्रतिनिधिसभालाई निरन्तरता दिइरहनु बोझ सिवाय केही हुनेछैन ।

210 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal