वास्तविक शहिदको सम्मान गरियोस्
गणेश जि.सी.
आज देशैभर शहिद दिवस मनाइँदैछ । देश निर्माणमा योगदान गरेका गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीले देशको लागि पु¥याएको अतुलनीय गोगदानलाई हामी लगायत हाम्रा आउने पिँढीहरुले भुल्न सक्दैनन् । त्यसैले उनीहरुले पु¥याएको योगदानको सम्झना गर्दै सरकारले हरेक माघ १६ गते (आज) विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाउँदै आएको छ ।
यसअघिका वर्षमा माघ १० गतेदेखि विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाउने गरिएको भए पनि यसपालि कोरोना संक्रमणको कारण त्यस प्रकारका औपचारिक धेरै कार्यक्रम हुन सकेनन् । पछिल्लो समयमा शहिदको नाममाथि पनि गलत प्रचार पनि हुने गरेको पाइएको छ । देशको लागि कुनै योगदान दिएका व्यक्तिलाई शहिद भनिनुपर्ने हो तर जुनसुकै घटनामा नागरिकको मृत्यु भए पनि शहिद घोषणा गरिनुपर्छ भन्ने माग बढ्दै गएको छ । यतिसम्म कि सडकमा दुर्घटनामा कसैको मृत्यु भए पनि उसलाई शहिद घोषण नगरी शव नउठाउने माग पनि राख्न थालिएको छ । श्रीमान् श्रीमतिबीचको झगडामा कसैको मृत्यु भए पनि शहिद घोषणा गर्न बाध्य तुल्याउने गलत संस्कृतिले जरो नै गाडेको छ । दोश्रो जनआन्दोलनमा देशको लागि लडेका कतिपय व्यक्तिहरु अझै पनि ओछ्यान मै लडिरहेका छन् । सरकारले त्यस्ता नागरिकलाई हेरेको छैन । पटकपटक विभिन्न सरकार बने पनि ती पीडितहरुको दुःख जस्ताको त्यस्तै रहेको छ । आन्दोलनमा सहभागी भएर ज्यानको आहुति दिने परिवारको अझै पनि बिचल्ली भएको छ कुनै पनि निकायले त्यस्ता कुरालाई वास्ता गरेका छैनन् ।
राजनीतिक रुपमा लागेका र कुनै घटनामा मृत्यु भएकालाई मात्र शहिद घोषणा गर्ने गलत परिपार्टी हावी भएको छ । सरकारले शहिदको मापदण्ड बनाएर को वास्तविक रुपमा शहिद हो र उसलाई सरकारले के सम्मान गर्ने र परिवारको लागि के गरिदिनुपर्छ भन्ने सम्झिनु जरुरी छ होइन भने शहिदको नाममा विकृति मौलाउने निश्चितझै छ ।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





