वास्तविक शहिदको सम्मान गरियोस्

२०७८ माघ १६ गते, आईतवार


गणेश जि.सी.

आज देशैभर शहिद दिवस मनाइँदैछ । देश निर्माणमा योगदान गरेका गंगालाल श्रेष्ठ, दशरथचन्द्र ठाकुर, धर्मभक्त माथेमा र शुक्रराज शास्त्रीले देशको लागि पु¥याएको अतुलनीय गोगदानलाई हामी लगायत हाम्रा आउने पिँढीहरुले भुल्न सक्दैनन् । त्यसैले उनीहरुले पु¥याएको योगदानको सम्झना गर्दै सरकारले हरेक माघ १६ गते (आज) विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाउँदै आएको छ ।
यसअघिका वर्षमा माघ १० गतेदेखि विभिन्न कार्यक्रम गरी शहिद दिवस मनाउने गरिएको भए पनि यसपालि कोरोना संक्रमणको कारण त्यस प्रकारका औपचारिक धेरै कार्यक्रम हुन सकेनन् । पछिल्लो समयमा शहिदको नाममाथि पनि गलत प्रचार पनि हुने गरेको पाइएको छ । देशको लागि कुनै योगदान दिएका व्यक्तिलाई शहिद भनिनुपर्ने हो तर जुनसुकै घटनामा नागरिकको मृत्यु भए पनि शहिद घोषणा गरिनुपर्छ भन्ने माग बढ्दै गएको छ । यतिसम्म कि सडकमा दुर्घटनामा कसैको मृत्यु भए पनि उसलाई शहिद घोषण नगरी शव नउठाउने माग पनि राख्न थालिएको छ । श्रीमान् श्रीमतिबीचको झगडामा कसैको मृत्यु भए पनि शहिद घोषणा गर्न बाध्य तुल्याउने गलत संस्कृतिले जरो नै गाडेको छ । दोश्रो जनआन्दोलनमा देशको लागि लडेका कतिपय व्यक्तिहरु अझै पनि ओछ्यान मै लडिरहेका छन् । सरकारले त्यस्ता नागरिकलाई हेरेको छैन । पटकपटक विभिन्न सरकार बने पनि ती पीडितहरुको दुःख जस्ताको त्यस्तै रहेको छ । आन्दोलनमा सहभागी भएर ज्यानको आहुति दिने परिवारको अझै पनि बिचल्ली भएको छ कुनै पनि निकायले त्यस्ता कुरालाई वास्ता गरेका छैनन् ।
राजनीतिक रुपमा लागेका र कुनै घटनामा मृत्यु भएकालाई मात्र शहिद घोषणा गर्ने गलत परिपार्टी हावी भएको छ । सरकारले शहिदको मापदण्ड बनाएर को वास्तविक रुपमा शहिद हो र उसलाई सरकारले के सम्मान गर्ने र परिवारको लागि के गरिदिनुपर्छ भन्ने सम्झिनु जरुरी छ होइन भने शहिदको नाममा विकृति मौलाउने निश्चितझै छ ।

247 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका महत्वपूर्ण तीन निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

काभ्रेमा बस दुर्घटना, सात जनाको मृत्यु

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal