डुबानको समस्याबाट मुक्त हुँदै टीकापुर

२०७८ माघ १६ गते, आईतवार

कैलाली । कैलालीको टीकापुर नगरपालिका– १ मा निर्माणाधीन मानव मलमूत्र व्यवस्थापन केन्द्रको काम अन्तिम चरणमा पुगेको छ । पचासी प्रतिशत काम सकिएको र बाँकी दुई महिनामा भित्रमा सम्पन्न हुनेगरी काम भइरहेको जनाइएको छ । साना शहरी खानेपानी आयोजनाका इञ्जीनियर पारसमणि भट्टले भने, ‘‘एक वर्षमा सक्नुपर्ने निर्माण काम कोरोनाका कारण थप ३ महिना लाग्ने भएको छ, अगामी फागुनसम्म नगरपालिकालाई हस्तान्तरण गर्छौँ । मलमूत्र व्यवस्थापन र ढलको काम सँगसँगै भइरहेको छ ।’’

सो केन्द्र सञ्चालनमा आएपछि दैनिक ९ घनमिटर अर्थात ९ हजार लिटर मलमूत्र व्यवस्थापन गर्न सहज हुनेछ । यतिखेर घरको मलमूत्र ट्याङ्की (सक्सन मेशिन) बाट निकालेर खुल्ला ठाउँमा जथाभावी फाल्ने गरिएको छ । विगत चार वर्षदेखि नगरपालिकाको सो मेशिनमार्फत घरमा जम्मा भएको मलमूत्र निकालिए पनि फाल्ने स्थानको समस्या थियो । यसरी जथाभावी फोहर व्यबस्थापन गर्दा वातावरण दुर्गन्धित हुने गरेको छ ।

पछिल्लो जनगणनाअनुसार टीकापुरमा १९ हजार घरधुरी छन् भने ९० हजार जनसंख्या छ । मलमूत्र केन्द्रलाई कार्यबिधि बनाएर सञ्चालन गरिने टीकापुर नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । ‘‘

यतिखेर हप्ताको तीन चार दिनमात्र सक्सन मेशिन प्रयोगमा आउने गरेको छ, यसको क्षमताअनुसार प्रयोग गर्न अन्य स्थानीय निकायसँग पनि सहकार्य गर्न आवश्यक छ’’, उनले भने ।

भ्याट सहित ६० करोड रुपैँयामा केन्द्र र सतही ढल गरी दुई आयोजना निर्माणाधीन छन् । सतही पानीको निकास गर्न २९ किलोमिटर लामो ढल निर्माण हुने भएको छ । अहिलेसम्म साढे चार किमी ढल निर्माण भएको छ ।

मुक्त कमैया बस्ती र बजार क्षेत्रमा गरी २९ किमी लामो ढल निर्माणको योजना रहेको आयोजनाका परामर्शदाता इञ्जीनियर अरुण रोस्याराले जानकारी दिए । ‘‘स्थानीय तहबाट असहयोग भएन भने ढलको काम अबको एक वर्षमा सकिन्छ’’, उनले भने, ‘‘निर्माणमा प्रयोग भएका सामग्री सरकारको प्रयोगशालामा परीक्षण हुन्छ ।’’

टीकापुर मै प्रयोगशाला राखेर फलामका डण्डी, सिमेण्ट, इटा, बालूवा र गिट्टी परीक्षण गर्दै आएको र निर्माण भएका संरचनाको पुनः परीक्षण हुने गरेको उनले बताए । उनले मलमूत्र व्यबस्थापन र ढलको काम सँगसँगै भइरहेको पनि जानकारीदिए ।

सतही पानीलाई ढलमार्फत् जमरा र ज्ञानी कुलामा पठाइने छ भने मलमूत्र प्रशोधन गरेर निस्केको सफा पानी जमरामा पठाइने जनाइएको छ । कतिपय ठाउँमा खानेपानीको पाइपले समस्या पारेको जनाउँदै स्थानीय सरकारसँग मिलेर आयोजना निर्माण भइरहेको कम्पनीको भनाइ छ ।

सो केन्द्र सञ्चालनमा आएपछि मलमुत्र व्यवस्थापनका लागि समस्या कम हुने स्थानीयवासी रुपा साउदले बताइन् । ‘‘शौचालयबाट निकालिएको मलमुत्र आफ्नै बारीभित्रै व्यवस्थापन गर्नुपर्ने समस्या थियो, अब प्रशोधन गरेर उर्जा निस्कनेछ ।यसले नागरिकलाई पनि सजिलो र सरकारलाई पनि आम्दानी हुन्छ’’, उनले भनिन् ‘‘यसका साथै आकाशे पानी व्यवस्थापनका लागि बन्न थालेको ढलले बर्सेनि वर्षा हुने वित्तिकै डुवान हुने टीकापुर डुवानबाट समस्यामा पर्ने छैन ।’’

स्थानीयवासी यसरी निर्माण भइरहेका योजना गुणस्तरीय बनाउनतर्फ स्थानीय सरकारले ध्यान दिनुपर्ने बताउँछन् ।

191 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal