राजाले ‘कु’ गरेकै दिनबाट दरवारभित्र महायज्ञ लगाइँदै ?

२०७८ माघ १६ गते, आईतवार

काठमाडौं । तत्कालीन राजा ज्ञानेन्द्रले शासनसत्ता आफ्नो हातमा लिएर ‘कु’ गरेको दिन माघ १९ बाट नारायणहिटी दरवारभित्र महायज्ञ लगाउने तयारी भएको छ । ताराबहादुर कुँवर संयोजक रहेको हजुरलाई नमस्ते परोपकारी अभियान र युगप्रसाद धमला (हरी) संरक्षक रहेको झापामा केन्द्रीय कार्यालय रहेको सतिश्राप मोक्ष धामको संयुक्त आयोजनामा लगाउन लागिएको महायज्ञको विषयमा अनेक टिकाटिप्पणी भएका छन् ।
महायज्ञ आयोजक समितिका संयोजक कुँवरले महायज्ञको लागि सम्पूर्ण तयारी पूरा भइसकेको जनाएका छन् । देशलाई सतिले सरापेको भनिएको हुनाले त्यसैबाट मुक्ति दिलाउन ‘सतिश्राप मुक्ति शिवशक्ति श्री महायज्ञ’ महायज्ञ लगाउन लागिएको हो । उनले आफूहरुले साइत हेरेर नै महायज्ञ गर्ने निर्णय गरेकाले समयमा तलमाथि नहुने बताएका छन् । ‘काम गर्ने कुरामा सबैलाई चित्त बुझाउन सकिँदैन, कसले के भन्छ कसले के मतलव छैन’ उनले भने ‘अब हामी धेरै अघि बढिसक्यौं त्यसैले कसैको सानोतिनो प्रयासले महायज्ञ रोकिँदैन ।’ माघ १९ गतेबाट नै किन महायज्ञ भन्ने विषयमा उनले पुरानो इतिहासबारे कुनै हिसाव नगरेको स्पष्ट पारेका छन् । हिजोको राजनीतिक इतिहाससँग माघ १९ को सम्बन्ध भए पनि आफूहरुले त्यसलाई कुनै आधार नमानेको उनको भनाई छ । महायज्ञ गरेपछि देशमा सुख शान्ति र अमनचयन स्थापना हुने आयोजकको दाबी छ । महायज्ञ आयोजक समितिका सह–संयोजक रहेका सतिश्राप मोक्ष धामका संरक्षक धमलाले भने ‘हामीले एउटा लक्ष्य लिएर महायज्ञ लगाउन खोजेका हौं, हामी ढुक्क छौं त्यो लक्ष्यमा पुग्छौं ।’ धमलाले देशमा पछिल्लो समयमा अराजक गतिविधि बढ्दै गएको र मानिस मानिसबीचमा पनि वैमनश्यता र अन्तरद्धन्द्ध बढ्दै गएकाले त्यसलाई केहीमात्रामा भए पनि कम गर्न र समाजमा सकारात्मक सन्देश छर्न महायज्ञ लगाइन लागेको जनाए । उनले आफुहरु पनि महायज्ञ लगाउने सोचमा रहेको र कुँवर नेतृत्वको परोपकारी अभियान पनि त्यही सोचमा रहेकाले संयोगवश भेट भएपछि एकै पटक महायज्ञ लगाउने गरी सल्लाह भएर अघि बढेको जनाएका छन् । धमलाले यसबेला अनेक प्रश्न आए पनि त्यसको सामना गर्दै महायज्ञ सफल पार्न आफूहरु लागेको स्पष्ट पारेका छन् ।
२९ गतेसम्म चल्ने महायज्ञमा २१ जना पुरोहितले होम गर्ने र देशमा शान्ति स्थापनका लागि आव्हान गर्ने छन् । २०५८ साल जेष्ठ १९ गते दरवारभित्र काण्ड हुँदा तत्कालीन राजा बीरेन्द्र वीरविक्रम शाहका साथै रानी र राजपरिवारका अन्य सदस्यको दुःखद् हत्या भएको थियो । कुँवरले त्यो घटनापछि देशमा झन् अनिष्ट भएकाले त्यसलाई शान्त पार्न महायज्ञ लगाइएको जनाए । ‘त्यो दरवारभित्र अझै पनि तर्साउने, दिउँसै मान्छे कराउने र कताकताबाट नदेखिने आवाज सुनिन्छ अरे’ कुँवरले भने ‘पक्कै पनि त्यहाँ केही समस्या हुन सक्छ, महायज्ञ लगाएपछि त्यस्तो समस्या आउँदैन कि भन्ने पनि अपेक्षा गरेका छौं ।’ उनले ती भड्किरहेको आत्माको शान्तिको लागि महायज्ञबाहेक अरु कुनै विकल्प पनि नरहेको स्पष्ट पारेका छन् । कुँवरले मन्त्रालयले अनुमति दिएर नै महायज्ञ गर्न लागिएकाले वैधानिकताको बारेमा कुनै शंका नगर्न सबैलाई अनुरोध गरेका छन् । महायज्ञमा कथा नभनिने र सधैं बिहानदेखि बेलुकासम्म होममात्र गरिने आयोजकले जनाएको छ । उनीहरुले आफ्नै तर्फबाट अहिले केही रकम जम्मा गरेर महायज्ञ सफल पार्ने योजना बनाएका छन् । ‘पैसा धेरै उठ्ला र कमाउँला भनेर महायज्ञ लगाएका हौं भनेर भ्रममा कोही पर्नुभएको छ भने त्यसरी नबुझिदिनुहोला, हरहिसाव पारदर्शी हुन्छ’ सह–संयोजक धमलाले भने ‘ हामी कहिल्यै पनि अरुको एक पैसा खानु हुँदैन भन्ने सोचमा हुन्छौं, अझै धार्मिक काममा दायाँबायाँ गर्ने कुरै हुँदैन ।’ धर्ममाथि गरिने दुव्र्यवहार र आर्थिक अनियमितताले मानिसलाई कहिल्यै पनि भलो नगर्ने धमलाको बुझाई छ । महायज्ञको लागि बनाइएको मूल आयोजक समितिमा समाजमा कुनै न कुनै क्षेत्रमा नाम कमाएका र योगदान गरेका व्यक्तिहरु समेटिएका छन् । ‘हामीले बाल्यकालदेखि नै धर्ममा विश्वास राख्दै आएका हौं, माने पनि नमाने पनि एउटा अदृश्य शक्ति छ जसलाई परमपूज्य भगवान मान्छौं । नेपाल देश र जनताको भलो होस् भनेर यो महायज्ञ गर्ने आँट गरेका हौं, मैले नगरे कसले गर्ने? अहिले नगरे कहिले गर्ने ?’ कुँवर भन्छन् ।
महायज्ञका लागि तारा÷विरेन्द्र र रामचन्द्रको नाममा रहेको ०५५०५०३०२५७५१० नेपाल इन्भेष्टमेन्ट बैंक बाफल शाखामा खाता सञ्चालन गरिएको छ । रामचन्द्र पन्त (९८४१२८८२४१), संयोजक कुँवर (९८५१०९३४२५) लाई सिधै सम्पर्क गर्न सकिेन पनि आयोजकले जनाएको छ । कुँवरले आफूहरु सानैदेखि एउटा संस्कारमा हुर्किएको हुनाले समाजसेवा गर्न बढी रहर लाग्ने र धार्मिक आस्था बोकेको पनि स्पष्ट पारेका छन् । आयोजकले राष्ट्रपति, प्रधानमन्त्री, पूर्वराजा ज्ञानेन्द्र, मन्त्रीहरु, संवैधानिक निकायमा प्रमुख तथा पदाधिकारीका साथै सबैलाई उपस्थितिका लागि आग्रह गरेको छ । कुँवरले सबैलाई समाजसेवामा योगदान गर्न आग्रह गरेका छन् । ‘प्रशस्तै पैसा भएर जीवनलाई सुख शान्तिमा राखेकाले केही सहयोग गरे भने उनीहरुको केही बिग्रदैन’ कुँवरले भने ‘धन हुनेको मन अलिकति फराकिलो हुँदैन, मन हुनेले मात्र धन नभएपछि दिन सक्दैनन्, यो महायज्ञमा योगदान गरेर पूण्य कमाउनुहोला ।’

124 Views

ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘

२०८१ चैत्र १२ गते, मंगलवार

कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप

२०८१ चैत्र १२ गते, मंगलवार

सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्

२०८१ चैत्र १२ गते, मंगलवार

चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै

२०८१ चैत्र १२ गते, मंगलवार

लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा

२०८१ चैत्र १२ गते, मंगलवार

कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन

२०८१ चैत्र १२ गते, मंगलवार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal