युवा उद्यमी सुदर्शन राज शर्मा अन्तराष्ट्रिय उत्कृष्ट अध्यक्ष–२०२२ बाट सम्मानित

२०७८ माघ १३ गते, बिहीबार

काठमाडौँ । नेपालका युवा उद्यमी सुदर्शन राज शर्मा “अन्तराष्ट्रिय उत्कृष्ट अध्यक्ष–२०२२” पुरस्कारबाट सम्मानित भएका छन् । अन्तर्राष्ट्रिय शिक्षा ओलम्पियाड्स र स्पेस (कला, संस्कृति र शिक्षाको स्थायीत्वको लागि समाज) संस्थाले यही १६ जनवरीमा भारतको नयाँ दिल्लीमा आयोजना गरेको इन्टरनेशनल लिडर्स एण्ड एचिभर्स अवार्डले नेपालका युवा उद्यपी शर्मालाई उक्त अवार्ड प्रदान गरेको हो ।
उद्यमी शर्माले यो यसअघि नेपाल सरकारबाट युवा व्यावसायी पुरस्कार पनि पाईसकेका छन् । निर्देशक तथा अध्यक्ष, प्रध्यापक तथा उपप्रध्यापक, प्रोफेसर, शिक्षक, उद्यमी लगायतका विभिन्न शिर्षकमा आयोजकहरुले २५ देशका उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको हो ।
विभिन्न व्यावसायिक क्षेत्रहरूमा उपलब्धि हासिल गर्नेहरूका लागि चासोको विषयलाई सम्बोधन गर्दै यी दुई संस्थाले उक्त अवार्ड कार्यक्रम राखेको हुन् । यसले विभिन्न क्षेत्रहरूमा प्रभावकारी नेतृत्व र उपलब्धिहरूलाई मान्यता दिने तथा प्रशंसा गर्ने हुँदा सोही क्षेत्रमा थप उर्जा लिएर अगाडी बढ्न सहयोग गर्ने आयोजनक संस्थाहरुको विश्वास रहेको छ ।
साथै कार्यक्रमले सहभागीहरूलाई आफ्नो काम र सन्देश विश्वभरका चासो राख्ने व्यक्ति तथा संस्थामा पुर्याउन सहयोग गर्ने छ ।

यस कार्यक्रमले प्रभावकारी नेतृत्व र उपलब्धिलाई मान्यता तथा प्रशंसा गर्ने पुरस्कारका साथसाथै, समकालीन समयमा प्रभावकारी नेतृत्वः समस्याहरू र चुनौतीहरूको महत्त्वपूर्ण वर्तमान विषयवस्तुमा सम्मेलन मार्फत व्यावसायिक विकासको लागि अवसर प्रदान गरेको छ ।

उक्त सम्मेलनमा प्रसिद्ध, अनुभवी, प्रेरणादायक वक्ताहरूको सहभागि रहेको थियो । साथै उक्त कार्यक्रममा २५ भन्दा बढी देशबाट २ सय पचास भन्दा बढी सहभागि रहेको थिए ।

357 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal