नेपाल भ्रष्टाचारमा एक सय १७औँ स्थानमा सूचीकृत

२०७८ माघ ११ गते, मंगलवार

काठमाडौं । बढी भ्रष्टाचार गर्ने देशहरुको सूचीमा नेपाल यो वर्ष पनि अघिल्लो वर्षकै अवस्थामा रहेको छ ।
भ्रष्टाचारविरुद्धको संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले आज सार्वजनिक गरेको भ्रष्टाचार मापन अवधारणा सूचकाङ्कमा नेपाल ३३ अंक प्राप्त गरी एक सय १७औँ स्थानमा सूचीकृत भएको छ । गएको वर्ष पनि नेपाल ३३ अङ्कसहित एक सय १७औँ स्थानमै थियो ।
सूचकाङ्कमा एक सय अङ्कले अति स्वच्छ र ० अङ्कले अति भ्रष्टाचार रहेको जनाउँछ । यस वर्षको औसत स्कोर ४३ रहेको छ । नेपाल औसतभन्दा तल रहेको छ । सन् २०२० र २०२१ मा नेपालको अङ्क स्थिर रहनु भनेको भ्रष्टाचार नियन्त्रणमा कुनै प्रगति हुन नसकेको हो ।
सर्वेक्षणले नेपालमा सार्वजनिक क्षेत्रमा भ्रष्टाचार र अधिकारको दुरुपयोग कायम रहनु, व्यापार व्यवसायमा घुसखोरी रहनु, कारबाहीमा कमी वा ढिला हुनुले भ्रष्टाचार बढेको देखाएको छ । ट्रान्सपरेन्सीले सूचनामा नागरिकको पहुँचमा कमी हुनु, राजनीतिक भ्रष्टाचार नियन्त्रण नहुनुजस्ता कारण भ्रष्टाचार कायम रहेको जनाएको छ ।
ट्रान्सपरेन्सीले ४० अङ्कभन्दा तल प्राप्त गर्ने देशलाई भ्रष्टाचार व्याप्त भएको देशको सूचीमा राख्छ । विश्व बैङ्क, वर्ल्ड इकोनोमिक फोरम, ग्लोबल इनसाइट, बर्टेल्सम्यान फाउन्डेसन, वर्ल्ड जस्टिस प्रोजेक्ट, र भीडीईएमसमेत गरी ६ वटा संस्थाले गरेको सर्वेक्षणका आधारमा सूचकाङ्क मापन हुने ट्रान्सपरेन्सी इन्टरनेशनलले जनाएको छ ।
यस वर्षको सूचकाङ्कमा समावेश भएका एक सय ८० देशमध्ये डेनमार्क, फिनल्यान्ड र न्युजिल्यान्डले एक सय पूर्णाङ्कमा समान ८८ अङ्क प्राप्त गरी सबैभन्दा कम भ्रष्टाचार हुने देश बनेका छन् । यस्तै दक्षिणी सुडान ११ अङ्क प्राप्त गरी सबैभन्दा बढी भ्रष्टाचार हुने देशको रुपमा सूचीकृत भएको छ ।
दक्षिण एसियाली देशहरूमध्ये भुटान ६८ अङ्क प्राप्त गरी २५औँ स्थान तथा माल्दिभ्स र भारत ४०र४० अङ्क प्राप्त गरी ८५औँ स्थानमा छन् । ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् १९९५ देखि प्रत्येक वर्ष भ्रष्टाचार मापक सूचकाङ्क सार्वजनिक गर्दै आएको छ ।

240 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal