सांसद् दवाडीद्धारा जनताका लागि गरेको खर्च सार्वजनिक

काठमाडौं । गोरखाको क्षेत्र नम्बर २ को (ख) प्रदेशबाट निर्वाचित नेपाली कांग्रेसका सांसद् प्रकाशचन्द्र दवाडीले १ वर्षयता गरेको आफ्नो खर्च सार्वजनिक गरेका छन् ।
‘मेरो राजनीति तपाइको सेवाका लागि, मेरो राजनीति समाजको टेवाको लागि’ भन्ने मूल नारा अघि सारेर हिँडेका उनले नारा बनाएजस्तो काम पनि गर्दै आएका छन् । उनले आज पोखरामा पत्रकारसम्मेलन गरेर अघिल्लो वर्षको पौषदेखि हालसम्म सांसद्बापत आएको तलव र भत्तालाई समाजसेवामा लगाएको स्पष्ट पारेका छन् । उनले संसद् भएबापत पाएको ७ लाख ८२ हजार ३ सय ५६ रुपिँयामा थपेर जम्मा १३ लाख ६३ हजार ८ सय रुपिँया विभिन्न सामाजिक सेवामा खर्च गरेको विवरण सार्वजनिक गरेका छन् । गण्डकी प्रदेशका संसदीय दलका प्रवक्ता र पार्टीका प्रदेश कार्यसमितिका सदस्यसमेत रहेका उनले सांसदमा निर्वाचित हुनेबित्तिकै आफूले पाउने तलवभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका थिए । उनले विभिन्न व्यक्ति, संघसंस्था, क्लव, आमा समूह, महिला समूह गरी एक वर्षभित्रमा ३१ संघसंस्थालाई सहयोग गरेको स्पष्ट पारेका छन् । उनले आफ्नो क्षेत्रमा कसैलाई अप्ठ्यारो परेको बेला सधैं सहयोग गर्दै आएका छन् । उनले कसैलाई पनि दुःख परेको हेर्न नसक्ने भएकाले आफ्नो तर्फबाट सकेसम्म सहयोग गर्दै आएको जनाएका छन् । उनले किरियामा बसेका नागरिकलाई किरिया खर्च पनि दिएका छन् भने जाडोमा कपडा लगाउन नसक्नेलाई आफ्नै ज्याकेटसमेत फुकालेर लगाइदिएका छन् ।
पत्रकार सम्मेलनमा उनले आफू सुरुदेखि नै भ्रष्टाचार र अनियमितताको विपक्षमा बोल्दै आएको बताएका छन् । ‘मैले कमाउनलाई राजनीति गरेको होइन, केही दिन सकौं भनेर लागिरहेको छु’ उनले भने ‘भोलि कुनै स्वार्थ राखेर अहिले सेवा गरेको हो कि भनेर भ्रममा नपर्न आग्रह गर्दछु ।’ उनले पार्टीले आगामी दिनमा दिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने पनि प्रतिबद्धता जनाएका छन् । उनले कोरोना संक्रमणका बेला आफूले गरेका कामको विवरण सुनाएका छन् । मास्क, सेनिटाइजर वितरणका साथै अक्सिजन मेशिन ल्याउने र व्यवस्थापन गर्नेलगायतका कुरामा पनि उनले सक्रियता देखाएका थिए । उनले कोरोना संक्रमितलाई अस्पतालमा बेड मिलाइदिने मात्र गरेनन् खर्चको अभावमा उपचार गर्न नसकेकालाई आर्थिक सहयोग पनि गरे । उनले संविधान अनुसार निर्वाचन समयमा नै हुनुपर्नेमा पनि जोड दिए । देश बिगार्ने र देश बनाउने नेताहरु नै भएकाले नेताहरु र राजनीतिक दल जनताप्रति जिम्मेवार बन्नुपर्ने उनको भनाई थियो ।
ताजा

पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
पोखरामा एमालेभन्दा एकीकृत समाजवादी अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा १४ मतले पछि परिन रेणु दाहाल
२०७९ जेष्ठ २ गते, सोमबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी आउँदै
२०७९ जेष्ठ २ गते, सोमबार
सोलुखुम्बुको सोताङमा कांग्रेस विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
ओलीले मतदान गरेको वडामा कांग्रेसको प्यानलै विजयी
२०७९ जेष्ठ २ गते, सोमबार
भरतपुरमा रेनु दाहाल झिनो मतले पछाडि
२०७९ जेष्ठ २ गते, सोमबार
बालेन शाहलाई २३ सय भन्दा धेरै मतले अगाडि
२०७९ जेष्ठ २ गते, सोमबार
रामेछापको सुनापती–१ मा नेपाली काँग्रेसका उम्मेदवार चौलागाई १५ मतले विजयी
२०७९ जेष्ठ १ गते, आईतवार
यी हुन् राप्रपाले हालसम्म जितेका देशभरका ११ वडा
२०७९ जेष्ठ १ गते, आईतवारलोकप्रिय
मौन अविधि आज राति १२ बजेबाट सुरु हुने, उल्लंघन गरे कारबाही
२०७९ बैशाख २७ गते, मंगलवारदाजुद्वारा भाईको कफीशप उद्घाटन
२०७८ पुष १९ गते, सोमबार
पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
२०७८ कार्तिक २६ गते, शुक्रबारसुरजवीर बज्राचार्यको नयाँ गीत ‘हाकुमैंचा’ सार्वजनिक (गीतसहित)
२०७८ भाद्र ६ गते, आईतवार
जेफ बेजोसले आज अंतरिक्षको उडान भर्ने, यो यात्रामा के–के होला
२०७८ श्रावण ५ गते, मंगलवार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार
खुशीकाे खबर ! ३३ करोडको आईपीओ निष्कासन हुँदै, अब पैसा जम्मा गर्नुहाेस् ।
२०७८ असार २४ गते, बिहीबार
खुशीको खबर : ५० कित्ता पर्ने आइपियो निस्कासन हुदै, कहिले होला त निस्कासन ?
२०७८ असार २४ गते, बिहीबार