चेपाङ बालबालिकालाई लायन्सको सहयोग

२०७८ माघ १० गते, सोमबार

चितवन । लायन्स क्लब अफ काठमाडौं नयाँ बजारले चितवन जिल्ला कालिका नगरपालिका वडा नं. १० स्थित राष्ट्रिय आधारभूत विद्यालय छरेवाङ पुगी त्यहाँ रहेका १३० चेपाङ बालबालिकाको लागि न्यानो कपडा तथा स्टेशनरी सामान वितरण गरेको छ ।


संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ बी तथा डिपुटी नेपालका चिफ एड्भाइजर हसन कुमार गोपालीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्बन्धित वडाका वडा अध्यक्ष दिल बहादुर गुरुङ, वडा नं. १ का वडा अध्यक्ष लिला बहादुर गुरुङ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर चेपाङले विरलै आउने यस स्थानमा यसरी काठमाडौंदेखि आएर विद्यार्थीहरुलाई आवश्यक स्टेशनरी सामान र न्यानो कपडा व्यवस्थापन गरी दिनु भएकोमा क्लबलाई धन्यवाद दिँदै क्लबको प्रगतिको शुभकामना समेत दिनुभयो । क्लबले नियमित झै बार्षि कार्यक्रम अनुसार यस वर्ष यस ठाउँमा आएको र अवस्था हेर्दा चिन्ता लागेको भन्दै सरकार तथा स्थानीय प्रतिनिधिको ध्यान जानुपर्ने क्लबका पूर्व अध्यक्ष तथा डिष्ट्रिक चियरपर्शन राजकुमार बन्जाराले बताउनुभयो ।


क्लबका प्रथम उपाध्यक्ष दिपु खड्काद्वारा संचालित यस कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विश्वनाथ तामाङले यस्तो सहयोग अहिलेसम्म नआएको विद्यार्थीहरुले नपाएकोमा यो सहयोगले विद्यार्थीको पढाई नियमित गराउन सहज हुने र केही भएपनि न्यानोपना अनुभव गर्ने वातावरण बनाइदिनु भएकोमा क्लब परिवारलाई धन्यवाद दिनुभयो । क्लबका अध्यक्ष गणेश जि।सीको सभापतित्वमा सम्पन्न उक्त सहयोग हस्तान्तरण कार्यक्रममा आफूले नसोचेको आवश्यकता भएको र आफैंले पुनः सहयोग लिएर आउने अध्यक्ष जिसीले बताउनुभयो । सहयोगी क्लबका साथीहरु लगायत कार्यक्रममा सहयोग गर्नु हुने श्रवण कुमार नेपाल, विजय प्रधान, अमृत पण्डित, सोम प्रसाद चौालगाई, विवेक पौडेल प्रति आभार व्यक्त गर्दै कार्यक्रममा उपस्थित रामप्रसाद न्यौपाने, भरत थापा त्यस विद्यालयसम्म समन्वय गर्नुहुने वीरेन्द्र बन्जारा, टिका भन्तबा लाई अध्यक्षद्वारा धन्यवाद दिनुभयो ।

244 Views

2 thoughts on “चेपाङ बालबालिकालाई लायन्सको सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal