यस्तो शानदार जीवन बाँच्छन् अल्लू अर्जुन

२०७८ पुष २० गते, मंगलवार

एजेन्सी । आजकाल बक्स अफिसमा अल्लू अर्जुनको फिल्म पुष्पाको व्यापक चर्चा छ । पुष्पाले व्यापक कमाई जारी राख्दै ३ सय करोडको कलेक्सन गरेको छ । फिल्म हेरेपछि बलिउडमा अल्लू अर्जुनको माग असाध्यै धेरै बढिसकेको छ ।
काइमोइ डट कमको रिपोर्ट अनुसार अल्लू अर्जुनले पुष्पाका लागि करिब ३० देखि ३२ करोड पारिश्रमिक लिएका छन् । पुष्पामा जसरी अल्लू अर्जुनको अभिनय रुचाइँदै छ, त्यो देखेर यस्तो लाग्छ कि उनले आफ्ना आउँदो फिल्मको पारिश्रमिक दोब्बर बढाउनेछन् ।
फिल्ममा करोडौं कमाउने अल्लू अर्जुन वास्तविक जीवनमा कति आलिशान जीवन बिताउँछन् भन्नेबारे जानकारी लिऔं ।
पुष्पा अभिनेतासँग भ्यानिटी भ्यान फेल्केन छ जुन भित्रबाट कुनै महलभन्दा कम छैन । भ्यानको इन्टेरियर ब्ल्याक, ह्वाइट, सिल्भर कलरबाट सजाइएको छ । अल्लू अर्जुनको भ्यानिटी भ्यानको मूल्य लगभग ७ करोड भारु हो ।
अल्लू अर्जुनसँग यससँगै हमर एचटु पनि छ । कार्स२४ को रिपोर्ट अनुसार हमर एचटुको मूल्य ७५ लाख भारु माथि पर्छ ।
करोडौंको भ्यानिटी भ्यान, लाखौँको गाडीबाहेक अल्लू अर्जुनसँग हैदराबादमा करोडौंको महलजस्तो घर पनि छ । अभिनेताको घरमा पूलदेखि विभिन्न सुख सुविधा छन् ।
घर, भ्यानिटी भ्यान, हमर एचटुका साथै अल्लू अर्जुन रेन्ज रोभर भोगको सवारी पनि गर्छन् । यीबाहेक अभिनेताको विवाह सबैभन्दा महँगो विवाहमध्ये एक थियो जसमा ४० भन्दा बढी फोटोग्राफर समावेश थिए ।

195 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal