सांसद दवाडीले गरे लुगाधुने खोला खानेपानी आयोजनाको उद्घाटन, ८ सय जना लाभान्वित हुने

२०७८ पुष २० गते, मंगलवार

गोरखा । गोरखाको सिरानचोक गाउँपालिका ८ फिनामस्थित लुगाधुने खोला खानेपानी आयोजनाको सोमबार उद्घाटन गरिएको छ ।
गण्डकी प्रदेश सरकारद्वारा निर्मित आयोजनाको एक समारोहबीच गोरखा २ को (ख) बाट निर्वाचित कांग्रेस सांसद दवाडीले उद्घाटन गरेका हुन् । एक करोड ४७ लाख रुपैयाँको लागतमा निर्माण भएको सो आयोजनाबाट १ सय ३८ घरधुरी रहेको फिनाम गाउँका आठसय जना उपभोक्ता लाभान्वित हुने छन् । खानेपानीका लागि लामो समयदेखि दुःख भोग्दै आएका सो गाउँका गाउँलेले ‘एक घर एक धारा’ कार्यक्रम अन्तर्गत घरघरमा पानी पाएपछि खुशी भएका नेपाली कांग्रेसका वडा नम्वर ८ सचिव गणेश ढकालले जानकारी दिए ।
सो अवसरमा गाउँपालिकाका प्रमुख राजु गुरुङ, उपप्रमुख रीता देवकोटालगायतले मन्तव्य व्यक्त गरेका थिए । ‘मेरो राजनीति समाजसेवाका लागि, मेरो राजनीति तपाइहरुको सेवाको लागि’ भन्ने मुख्य नारा बनाएका उनले यो नारालाई सार्थक बनाउँदै लगेका छन् । उनले सांसद् भएबापत आउने तलव गाउँघरको विकास निर्माणमा खर्च गर्दै आएका छन् । उनले विद्यालय, आमा समूह, कृषि समूह, विभिन्न संघ संस्थाका साथै मठ मन्दिर र समुदायमा आफ्नो तर्फबाट व्यक्तिगत सहयोग पनि गरेका छन् ।

255 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal