एम्सीसीको पास गर्ने सरकारको नियतमाथि प्रश्नैप्रश्न
काठमाडौं । सरकारले अमेरिकन सहयोग परियोजना (एम्सीसी) पास गर्ने सोच बनाएको छ । सरकार जसरी भए पनि एम्सीसी पास गर्ने र नेपालमा राजनीतिक तथा सामाजिक अस्थिरता मच्चाउने दाउमा लागेको छ । देशव्यापी रुपमा दिनैपिच्छे यसको विरुद्धमा स्वरहरु आउँदा पनि सरकारलाई जनताको आवाजले छोएको छैन । एम्सीसी राष्ट्रको लागि फाइदा छ भन्दै आए पनि किन र कसरी भन्ने कुराको जवाफ दिन सरकारले अझै सकेको छैन ।
केही दिनअघि नेकपा (माओवादी केन्द्र) को महाधिवेशन उद्घाटनको क्रममा त्यहाँ पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले पढ्दै नपढेको भनेर अवमूल्यन गरेका थिए । सरकारले अमेरिकालाई फकाउन र उसलाई खुशी पार्नकै लागि यो परियोजना पास गर्ने भएको छ । यसले भोलिको दिनमा के कस्तो असर पार्छ भन्ने उसले बुझेको छैन । कतिपय देशले एम्सीसी लागू गरेर पनि अन्तिममा फिर्ता गरेका छन् त्यसैले पनि हचुवाका भरमा विदेशी सहयोग लिनु त्यति व्यवहारिक देखिँदैन । एम्सीसी परियोजनाले दिने पैसा नेपालमा पनि कुनै विकल्प निकाल्दा आउन सक्छ । कतिपय व्यापारिक घरानाले राजश्व तिरेका छैनन्, उनीहरुले गरेको करछलीलाई उठाउने हो भने पनि त्योभन्दा बढी पैसा हुन सक्छ । अर्काको अधिनमा रहेर उसैले भने अनुसार गर्दा नेपालको विकास भइहाल्छ भन्ने कल्पना गर्नु दुर्भाग्य हो । सरकारले एम्सीसी पास गरेर आफ्नो स्वार्थ पूरा गर्न खोजेको स्पष्ट देखिन्छ । कांग्रेसभित्र पनि अनेक मतभेद छन् तर ती सबैलाई वेवास्ता गर्दै देउवा एकहोरो ढंगले अघि बढिरहेका छन् । एम्सीसीले आगामी दिनमा निम्त्याउने खतराबारे देउवाले बुझेका छैनन् कि बुझे पनि नबुझेजस्तो गरेका छन् भन्ने अर्को प्रश्न उठेको छ । यसबारे बुझेकाहरुले विभिन्न देशको उदाहरण दिँदै सरकारलाई सचेत बनाए पनि सरकार भने चुपचाप छ । एम्सीसीका कारण सत्ता गठबन्धन संकटमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अडानले एम्सीसी पनि अलमलमा परेको छ ।
यो परियोजना पास गराउन नसक्दा देउवाले आफूलाई कमजोरीको रुपमा प्रस्तुत गर्नुपर्ने छ । अमेरिकाको मात्र चित्त बुझाउन खोज्दा छिमेकी अन्य देशले हेर्ने दृष्टिकोण बस्तो बलनाउलान् भन्ने उनले कल्पनासमेत गरेका छैनन् । सत्तारुढ दलमा समेत यसबारे एकमत नहुँदा देउवालाई यो सम्झौता पास गर्न संकट परेको छ । सत्तारुढ दलकै प्रमुख नेताहरु पनि हुबहु पास गर्नु हुँदैन भन्ने पक्षमा छन् । नेपाल र नेपालीको सार्वभौमिकतामाथि नै प्रहार गर्ने एम्सीसी ल्याउनुको पछाडि देउवाको स्वार्थ छ भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ । सरकारले यसअघि नै संसद् बैठकमा एम्सीसी टेबल हुने भनेर गृहकार्य गरेको थियो तर सत्तारुढबीच नै सहमति नहुँदा टेबल भएन । सरकारले जसरी भए पनि पास गराउने र नेपालको हितमा छ भनेर स्पष्ट पार्न खोजेको छ । एमसी्सीकै कारण सत्ता गठबन्धन टुट्ने सम्भावना भएको विश्लेषकले भन्न थालेका छन् । एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एम्सीसी पारित गर्न आफूहरुले सघाउने शर्त राखेको र त्यसबापत सत्ताको गठबन्धन भत्काइदिने चाहना राखेको भनेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुलेरै भनिसकेका छन् । एम्सीसीका बारेमा नेताहरुको फरक फरक धारणा आएकाले पनि जनताले प्रष्ट रुपमा बुझने मौका पाएका छैनन् । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले केही दिनअघि काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निष्कर्ष निकाल्ने बताए । अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एम्सीसी जोडिन नहुने पनि बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने दाबी गरेका छन् ।
सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको भन्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । मन्त्री श्रेष्ठले एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् । उनले देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए । सरकारले पटक पटक बोलाएको सर्वदलीय बैठक र सत्तारुढ दलको बैठकमा पनि एम्सीसीबारे एकमत हुन सकेन । कांग्रेसबाहेकका अरु दल संशोधन गरेर मात्र एम्सीसी पारित गर्ने पक्षमा देखिए । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले त मंगलबारको संसद बैठकमा प्रधानमन्त्रीसँग नै एम्सीसीको दस्तावेज नहरेको समेत आरोप लगाए । उनले एम्सीसी राष्ट्रघाती सम्झौता भएकाले कुनै पनि अवस्थामा पास गर्न नहुने चेतावनी दिए । उनले एम्सीसीले देशलाई उपनिवेश बनाउने खतरा रहेको औल्याएँ । एम्सीसी लागू भए नेपालको कानुन लागू हुने र नेपालको कानुन निस्क्रिय हुने भएकाले पनि यो खतराको रुपमा प्रमाणित हुँदै आएको छ ।
एम्सीसीमा देखिएको विवादले सत्ता गठबन्धन धेरै लामो समयसम्म नजाला भन्ने अनुमान लगाउन सकिन्छ । सरकारले सीमित स्वार्थमा विदेशी सहयोग मात्र आउँछ भनेर राष्ट्र र राष्ट्रियतामाथि गरेको प्रहार चानचुने किसिमको छैन ।
ताजा
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत
२०८३ जेष्ठ १० गते, आईतवार
पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना
२०८३ जेष्ठ १० गते, आईतवारशिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने
२०८३ जेष्ठ १० गते, आईतवारवैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका
२०८३ जेष्ठ १० गते, आईतवार
१५ गते राजधानीमा थारु संस्कृतिको ‘घोंघी सांस्कृतिक साँझ २०८३’
२०८३ जेष्ठ १० गते, आईतवार
सभामुखले पनि फकाउन सकेनन् प्रधानमन्त्रीलाई
२०८३ जेष्ठ १० गते, आईतवार
ओलीलाई अझै अप्ठ्यारो
२०८३ जेष्ठ १० गते, आईतवार
युवा आक्रोश र देशको अवस्थाबीच गगन थापाको भूमिका महत्वपूर्ण : मिश्र
२०८३ जेष्ठ ७ गते, बिहीबार
स्वीकृत नलिई राहदानी विदेश लैजान खोज्ने दुई पक्राउ
२०८३ जेष्ठ ७ गते, बिहीबार
श्रीलंका टापुबाट ‘महाराजधिराज’को छायांकन सुरु
२०८३ जेष्ठ ७ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





