तेस्रो धार सिटौला कि सिंह ?

२०७८ पुष १५ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन भर्खरै सकिएको छ । महाधिवेशनबाट शेरबहादुर देउवा फेरि पनि पार्टी सभापति भएर आएका छन् । देउवाको यो दोस्रो कार्यकालको सभापतिको विषयलाई लिएर अनेक आशंका उब्जिएका छन् । देउवाले पार्टी हाँक्न सक्छन् कि सक्दैनन् भन्ने एउटा चिन्ता छ भने अर्को चिन्ता उनले पार्टीभित्रको अर्को पक्षलाई मिलाएर लान सक्छन् कि सक्दैनन् भन्ने प्रश्न प्रमुख रुपमा खडा भएको छ ।
यो महाधिवेशनबाट शेखर कोइरालाको अर्को धार बनेको छ । कोइराला देउवासँग पराजित सभापतिका उम्मेदवार हुन् । उनले देशव्यापी रुपमा आफ्नो सञ्जाल बनाएका छन् । देउवासँग १३ औं महाधिवेशनमा सभापतिमा पराजित भएका रामचन्द्र पौडेलको धारको नेतृत्व पनि शेखरले नै गरेका छन् । महाधिवेशनमा पौडेको मौनतालाई लिएर विभिन्न प्रश्न गर्न थालिएको छ । देउवाले पौडेललाई आश्वासन दिएर फकाएकाले पनि शेखरको पक्षमा पौडेल नलागेको एक ढंगको तर्क छ । पहिलेदेखि नै सभापतिको उम्मेदवार बन्छु भनेका पौडेल किन अन्तिम समयमा आएर मौन भए भन्ने प्रश्नको जवाफ दिन जोसुकैलाई सजिलो छैन । पौडेलले खुलेर शेखरलाई सहयोग गरेका भए पनि आफूहरुले सजिलै सभापति जित्ने शेखर पक्षको दाबी रहँदै आएको छ ।
यो महाधिवेशनमा ४ जना सभापतिका उम्मेदवारमध्ये शेखर दोस्रो, प्रकाशमान सिंह तेस्रो र विमलेन्द्र निधि चौथो भएका थिए । पहिलो चरणमा सभापतिमा ५० प्रतिशत मत कटाउन नसक्दा फेरि दोस्रो चरणको निर्वाचन भएको थियो । सिंह र निधिले देउवालाई समर्थन गरेपछि देउवा भारी मतअन्तरले सभापति भएका हुन् । कांग्रेसको विधान अनुसार शेखर स्वतः केन्द्रीय सदस्य भएका छन् । शेखरलाई देउवाले २० औैं स्थानमा केन्द्रीय सदस्यमा राखेपछि उनले असन्तुष्टि जनाएका थिए । शेखर समूहका नेताहरुले आफ्ना सभापतिका उम्मेदवारलाई देउवाले कमजोर ठानेको उनीहरुको गुनासो छ । मर्यादाक्रम नसच्याएसम्म केन्द्रीय समितिको बैठकमा शेखरले जाने कि नजाने भनेर केही निर्णय गरेका छैनन् । ‘डा. सावको समूहको त्यत्रो मत आएको छ, यस्तो असहज अवस्थामा पनि पदाधिकारी र केन्द्रीय सदस्यमा सम्मानजनक उपस्थिति छ’ शेखरको समूहबाट महाधिवेशनमा समावेशी कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका बाबुकृष्ण सापकोटाले भने ‘यत्रो मतको अवमूल्यन गर्नु दुःखद् कुरा हो, सभापति देउवाको यो निर्णयले हामीलाई सोच्न बाध्य बनाएको छ ।’ देउवाले यस्तो गलत निर्णय नसच्याए पार्टीमा अर्को प्रकारको असन्तुष्टि सिर्जना हुने सापकोटाको भनाई छ ।
गत १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार भएका कृष्णप्रसाद सिटौलाले पार्टीमा आफूलाई तेस्रो धार भन्दै आएका थिए । यसपालि सिटौलाले आफू नउठेर सभापतिका उम्मेदवार देउवालाई समर्थन गरे । देउवालाई समर्थन जनाएपछि उनले आफ्नो तर्फबाट देउवासँग महामन्त्री र सह महामन्त्रीका साथै केही केन्द्रीय सदस्यको व्यवस्थापन गरे । सिटौलाले देउवा समूहमा आफ्नो तर्फबाट थोरैमात्र उम्मेदवार पारेर भित्री रुपमा अन्य ‘सेटिङ’ गरेको चर्चा पनि चलेको छ । सिटौला नै भनेर लागिपरेका तर अन्तिम समयमा सिटौलाले बेवास्ता गरेकाहरु भने उनीसँग नराम्ररी रिसाएका छन् । सिटौलाले महामन्त्रीको रुपमा अघि सारेका महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले महाधिवेशन हारे भने थारु समुदायबाट केन्द्रीय सह महामन्त्री बनेका उमाकान्त चौधरीले निर्वाचन जिते । अब सिटौलाको भूमिका देउवाको पक्षमा रहन्छ कि रहँदैन भन्ने विषय प्रमुख रुपमा उठेको छ ।
यो महाधिवेशनमा सभापतिमा तेस्रो स्थानमा आएका प्रकाशमान सिंहले पनि तेस्रो धारको दाबी गरेका छन् । सिंहले सभापतिमा ३ सय ७१ मत ल्याएका थिए । उनको समूहबाट महामन्त्री उठेका विश्वप्रकाश शर्माले जिते । सिंहकै समूहका उम्मेदवार राजेन्द्रकुमार केसी (राजन) ले पनि बागमी प्रदेशबाट केन्द्रीय सदस्य जितेका छन् । महाधिवेशनमा भाग नलिएका सिटौला तेस्रो धार कि सिंह भन्ने विषय अन्यौलमा रहेको छ ।

227 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

शैक्षिक परामर्श सेवा नियमनावली २०८३ स्वागतयोग्य, तर नियन्त्रणमुखी व्यवस्था स्वीकार्य नहुने व्यवसायीहरुको माग

२०८३ श्रावण ११ गते, सोमबार

नागढुंगा–सिस्नेखोला सुरुङमार्गको आज औपचारिक उद्घाटन हुँदै

२०८३ श्रावण ११ गते, सोमबार

झडप र तनावपछि सुनसरीमा अनिश्चितकालीन कर्फ्यु

२०८३ श्रावण ११ गते, सोमबार

बराह एग्रो फुड्सद्वारा शतप्रतिशत प्राकृतिक ‘बराह मोरिङ्गा’ सार्वजनिक

२०८३ श्रावण ११ गते, सोमबार

मःमभित्र कपाल, कारवाही होला त ?

२०८३ श्रावण ११ गते, सोमबार

Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न

२०८३ श्रावण ६ गते, बुधबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal