झन् बलियो बन्दै देउवा

२०७८ पुष ८ गते, बिहीबार

काठमाडौं । नेपाली काँग्रेसमा सभापति शेरबहादुर देउवाको वर्चश्व झन् बढ्ने भएको छ । मत परिणाम अनुसार देउवा पक्षकै बाहुल्यता रहेकाले देउवाले पार्टीलाई अब कसरी अघि बढाउलान् भन्ने हेर्न बाँकी छ ।
देउवालाई यसपालि जसरी भए पनि सभापतिमा हराउनुपर्छ भनेर लागेका कांग्रेसका नेताहरुको लक्ष्य अपूरो भएको छ । सभापतिमा निर्वाचित भइसकेका देउवाले पदाधिकारीमा बहुमत बनाएका छन् । देउवाले यसअघिको कार्याकालमा राम्रो काम गर्न नसकेको, पार्टीलाई कमजोर बनाएर यो अवस्थामा पु¥याएको भनेर आरोप लगाउँदै आइए पनि देउवाको इन्ट्रीले विशेष गरी कोइराला परिवारको साख गिरेको छ ।
देउवाको यो जितलाई लिएर उनी पक्षधर उत्साहित भएका छन् भने अर्को पक्षकाले देउवाले यो अवस्थामा पार्टी चलाउन नसक्ने भनेर भन्दै आएका छन् । पदाधिकारी र केन्द्रीय समितिमा पनि सुविधाजनक बहुमत ल्याएका देउवाको लागि अबको नेतृत्व अवसरसँगै चुनौतीको चाङमा छ । देउवाले सही ढंगले पार्टी हाँक्न सके उनी इतिहासमा लेखिन्छन् तर पुरानै गतिविधि नसच्याए त्यसको पनि कुनै दिन मूल्यांकन हुने नै छ । यसअघि ६० र ४० को भागबण्डामा रुमलिँदै आएको कांग्रेसमा आफूले भाग नखोज्ने देउवासँग सभापतिमा पराजित नेता शेखर कोइरालाले स्पष्ट पारिसकेका छन् । कोइरालाले पार्टी संगठनलाई विस्तार गर्नु आफ्नो एकमात्र एजेण्डा भएको बताएका छन् । देउवा पार्टीको विधान अनुसार अर्कोपटक सभापतिको उम्मेदवार हुन नपाउने भएकाले पनि उनी थप संकटमा छन् । कांग्रेसको यो महाधिवेशनमा गुट पनि तितरवितर भएको छ । अन्तिममा टिकट नपाउँदा अर्को समूहसँग जाने रोग बढेको छ । देउवाले महामन्त्रीको टिकट नदिएपछि बाध्य भएर विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको समूह रोज्नुपरेको थियो । शर्माले महामन्त्री जिते । कोइराला परिवारले कांग्रेस आफ्नै विर्ता हो जस्तो सोचिरहेको बेला कोइरालाकै छोरा शेखर कोइराला सभापतिमा पराजित भएपछि कांग्रेस अब साँँच्चै कोइरालाको हातबाट फुस्किएको हो कि भनेर भन्ने बेला भएको छ । शेखर कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका भतिजा हुन् । शेखरले सभापति जित्न अनेक प्रयत्न गरे पनि देउवाको अगाडि उनको केही लागेन । कांग्रेसको विधानमा सभापतिमा निर्वाचित हुन खसेको सदर मतको ५० प्रतिशत मत ल्याउनुपर्छ पहिलो चरणमा कसैको पनि यो प्रतिशत पुगेन । दोस्रो चरणमा गए देउवा सभापति हुने सम्भावना नै छैन भनेर अनुमान लगाइरहेको बेला दोस्रो चरणमा निर्वाचन हुँदा पनि शेखरले पार्टीलाई आफ्नो कब्जामा लिन सकेनन् । कोइराला परिवारमा सुरुदेखि नै सभापतिको उम्मेदवार को हुने भन्ने विषयले आन्तरिक कलह मच्चिएको थियो । शेखर र बीपीका छोरा निवर्तमान महामन्त्री सशांक कोइराला प्रतिष्पर्धामा थिए । उनीहरु दुबैजना अघि बढेपछि एकले अर्कालाई स्विकार्ने अवस्था नभएकाले नै देउवालाई पनि चिठ्ठा परेको हो । गिरीजाप्रसाद कोइरालाकी छोरी सुजाता अन्तिममा गएर प्रकाशमान सिंहको समूहबाट उपसभापतिको उम्मेदवार बनिन् । यसले गर्दा पनि कोइरालाबीच एकमत रहेनछ भन्ने गलत सन्देश दियो ।
पदाधिकारीमा भन्दा पनि केन्द्रीय सदस्यमा देउवा पक्षका अधिकांश जितेका छन् । सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३ मध्ये देउवा पक्षधर ८ जना जितेका छन् । देउवा समूहबाट सभापति, १ उपसभापति र ६ सहमहामन्त्री गरी ८ पदाधिकारी विजयी भए । डा. शेखर कोइराला समूहबाट १ उपसभापति, १ महामन्त्री र २ सहमहामन्त्री गरी ४ जना विजयी भए । प्रकाशमान सिंह समूहबाट १ महामन्त्री विजयी भए । नेपाली काँग्रेसको खुल्लातर्फको ३५ केन्द्रीय सदस्यमा देउवा पक्षका २४ जना निर्वाचित भएका छन् । डा. शेखर कोइराला पक्षका १० र १ जना तटस्थ निर्वाचित भए । सशांक कोइराला सबै प्यानलमा अटाएँ । सबै सभापतिका उम्मेदवारले उनको नाम राखिदिएपछि उनको ३८ सय ३६ मत आयो । निवर्तमान निर्वाचित महामन्त्री उनी यसअघि सभापतिको उम्मेदवार भन्दै हिँडेका थिए ।
देउवाले मधेशमा आफूलाई प्रभावशाली बनाएका छन् । मधेशी कोटाको महिलातर्फको ४ सिट केन्द्रीय सदस्यमा देउवा पक्षले ‘क्लिन स्वीप’ गरेको छ । ५ सिटको मधेशी खुल्लातर्फको केन्द्रीय सदस्यमा चन्द्रमोहन यादवबाहेक ४ जना देउवा पक्षबाट जितेका छन् । कोइराला परिवारको प्रभाव क्षेत्र प्रदेश १ को केन्द्रीय सदस्यमा २ जना देउवा पक्षका जितेका छन् । राजीव कोइराला मात्र कोइराला पक्षका छन् ।

प्रदेश २ अन्तर्गतको केन्द्रीय सदस्यमा आनन्दप्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भए । चित्रलेखा यादव प्रदेश २ को महिलातर्फ निर्वाचित भइन् । प्रदेश २ बाट जित्ने तिनैजना देउवा समूहका हुन् ।
पदाधिकारीमा को कता ?
देउवा पक्ष–८
सभापति, शेरबहादुर देउवा
उपसभापति, पूर्णबहादुर खड्का
सहमहामन्त्री, किशोरसिंह राठौर
सहमहामन्त्री, उमाकान्त चौधरी
सहमहामन्त्री, महेन्द्र यादव
सहमहामन्त्री, फर्मूल्लाहा मन्सुर
सहमहामन्त्री, भीष्मराज आङदम्बे
सहमहामन्त्री, महालक्ष्मी उपाध्याय (डिना)
कोइराला पक्ष–४
उपसभापति, धनराज गुरुङ
महामन्त्री, गगन थापा
सहमहामन्त्री, बद्री पाण्डे
सहमहामन्त्री, जीवन परियार

प्रकाशमान सिंह समूह– १
महामन्त्री, विश्वप्रकाश शर्मा

केन्द्रीय सदस्यमा खुल्लातर्फ को कता ?
देउवा पक्ष–२४
एनपी साउद
बालकृष्ण खाँण
उदय शमशेर राणा
रामहरि खतिवडा
ज्ञानेन्द्रबहादुर कार्की
रमेश लेखक
शंकर भण्डारी
जिपछिरिङ्ग लामा
जितजंग बस्नेत
गोपालमान श्रेष्ठ
मोहनबहादुर बस्नेत
सुनिलबहादुर थापा
नैनसिंह महर
गोविन्द भट्टराई
कुन्दनराज काफ्ले
सुरेन्द्रराज पाण्डे
पदमनारायण चौधरी
राजिव ढुंगाना
गुरु बराल
मदनबहादुर अमात्य
गणेश लामा
उमेशजंग रायमाझी
मोहन आचार्य
डा. गोपाल दहित

शेखर कोइराला पक्ष–१०
अर्जुननरसिंह केसी
दिलेन्द्रप्रसाद बडु
डा. रामशरण महत
बलबहादुर केसी
दीपक गिरी
सञ्जयकुमार गौतम
गोविन्दराज पोखरेल
दिनेश कोइराला
अजयबाबु शिवाकोटी
कृष्णकिशोर घिमिरे

तटस्थ–१
डा. सशांक कोइराला

अपाङ्गतर्फ
देउवा पक्ष–१
मदनकृष्ण श्रेष्ठ
अल्पसंख्यकतर्फ
देउवा पक्ष–१
प्रदीपकुमार सुनुवार

कोइराला पक्ष–१
चन्द्रमोहन यादव

मधेशी महिलातर्फ
देउवा पक्ष–४
मुक्ताकुमारी यादव
मिनाक्षी झा
मन्जुकुमारी यादव
नागिना यादव

मधेशी पुरुषतर्फ
देउवा पक्ष–४
अजय चौरसिया
बिनोद चौधरी
महेन्द्रकुमार राय
दिनेशकुमार यादव

केन्द्रीय सदस्य प्रदेश र समावेशीतर्फ
प्रदेश १
देउवा पक्ष–२
अमृत अर्याल
महेन्द्रकुमारी लिम्बू
कोइराला पक्ष–१
राजीव कोइराला

देउवा पक्ष–३
आनन्दप्रसाद ढुंगाना
रमेश रिजाल
चित्रलेखा यादव
लामो समयदेखि टिम भन्दै हिँडेका र अहिले उम्मेदवार बन्ने क्रममा टिममा नपरेकाहरु भने दुवै समूहको नेतृत्वसँग असन्तुष्ट छन् । सभापतिमा ३ सय ७१ मत ल्याएका प्रकाशमान सिंहले पदाधिकारीमा नै उम्मेदवार पाएनन् । उनले सभापति, उपसभापति र महामन्त्रीको मात्र उम्मेदवारी दिएर गुटको अस्तित्वमात्र बचाए । सिंह, विमलेन्द्र निधि र सशांक कोइरालाले एक भएर जाने भनेर सुरुदेखि नै भन्दै आए पनि अन्तिममा साझा उम्मेदवार चयन गर्न नसक्दा देउवालाई फाइदा भएको छ । सभापतिको दोस्रो चरणको मतदानमा पनि सभापतिको पहिलो चरणको निर्वाचनमा दोस्रो भएका शेखर कोइरालाले सिंह र निधिलाई आफ्नो पक्षमा पार्न नसक्नु नै देउवाको जितको प्रमुख कारण हो । सुरुदेखि नै देउवालाई हराउने भन्दै आए पनि किन अन्तिम समयमा एकमत हुन सकेनन् भन्न प्रश्न पनि उब्जिएको छ ।

169 Views

ताजा

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित

२०८२ फाल्गुन ८ गते, शुक्रबार

‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक

२०८२ फाल्गुन ८ गते, शुक्रबार

पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी

२०८२ फाल्गुन ८ गते, शुक्रबार

बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण

२०८२ फाल्गुन ८ गते, शुक्रबार

चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू

२०८२ फाल्गुन ६ गते, बुधबार

वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा

२०८२ फाल्गुन ६ गते, बुधबार

बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने

२०८२ फाल्गुन ६ गते, बुधबार

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव

२०८२ फाल्गुन ६ गते, बुधबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal