एम्सीसीका कारण सत्ता गठबन्धन नै खतरामा

२०७८ पुष ८ गते, बिहीबार

काठमाडौं । अमेरिकन सहयोग परियोजना (एम्सीसी) का कारण सत्ता गठबन्धन संकटमा परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अडानले एम्सीसी पनि अलमलमा परेको छ ।
यो परियोजना पास गराउन नसक्दा देउवाले आफूलाई कमजोरीको रुपमा प्रस्तुत गर्नुपर्ने छ । अमेरिकाको मात्र चित्त बुझाउन खोज्दा छिमेकी अन्य देशले हेर्ने दृष्टिकोण बस्तो बलनाउलान् भन्ने उनले कल्पनासमेत गरेका छैनन् । सत्तारुढ दलमा समेत यसबारे एकमत नहुँदा देउवालाई यो सम्झौता पास गर्न संकट परेको छ । सत्तारुढ दलकै प्रमुख नेताहरु पनि हुबहु पास गर्नु हुँदैन भन्ने पक्षमा छन् । यतिमात्र होइन देउवाले आफ्नै पार्टीकालाई यसबारे प्रष्ट पार्न सकेका छैनन् । नेपाल र नेपालीको सार्वभौमिकतामाथि नै प्रहार गर्ने एम्सीसी ल्याउनुको पछाडि देउवाको स्वार्थ छ भन्ने स्पष्ट रुपमा बुझ्न सकिन्छ । मंगलबारको संसद् बैठकमा नै एम्सीसी टेबल हुने भनेर सरकारले गृहकार्य गरेको थियो तर सत्तारुढबीच नै सहमति नहुँदा टेबल भएन । सरकारले जसरी भए पनि पास गराउने र नेपालको हितमा छ भनेर स्पष्ट पार्न खोजेको छ । एम्सीकै कारण सत्ता गठबन्धन टुट्ने सम्भावना भएको विश्लेषकले भन्न थालेका छन् । एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले एम्सीसी पारित गर्न आफूहरुले सघाउने शर्त राखेको र त्यसबापत सत्ताको गठबन्धन भत्काइदिने चाहना राखेको भनेर नेकपा (माओवादी केन्द्र) का अध्यष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले खुलेरै भनिसकेका छन् । पौष ५ गते राजधानीमा आयोजित एक कार्यक्रममा ओलीको भनाइप्रति सजग र सचेत रहनसमेत उनले सबैलाई आग्रह गरेका छन् । प्रचण्डले पार्टीका कार्यकर्तालाई एम्सीसीको विरोध गर्न लाएजस्तो गर्ने र कांग्रेससँगको सहमतिमा एमालेको पनि अग्रसरतामा एम्सीसी पास गर्ने ओलीको दाउ रहेको बताए । प्रचण्डले एम्सीसी विरुद्धको जनमत बटुल्न एमाले लागेको पनि आरोप लगाए । उनले प्रतिगमनविरुद्ध गठन भएको मोर्चा कसैले भत्काउनसमेत नसक्ने पनि ठोकुवा गरे । ओलीले अहिलेको गठबन्धनलाई ढालेर माओवादी र माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचनमा अप्ठेरो पार्न खोजेको पनि बताए । ओलीले एमालेको समर्थनमा कांग्रेसलाई एकलौटी सरकार चलाउन दिने संकेत पनि गरे ।
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले सोमवार काठमाडौंमा आयोजना गरेको प्रतिगमनविरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसीबारे सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निष्कर्ष निकाल्ने बताए । अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौमसत्तासँग एम्सीसी जोडिन नहुने पनि बताए । उनले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटि कमजोरी छन् भने सच्याएर मात्रै अघि बढ्ने बताएका छन् । अध्यक्ष नेपालले छिमेकी देशहरूमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताए । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे सत्तारूढ पाँच दलको साझा धारणा बन्ने दाबी गरेका छन् ।

तनहुँमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले एमसीसी परियोजनामा मतभेद सृजना गरी गठबन्धन भत्काउने एमाले अध्यक्ष केपी ओलीको प्रयास सफल नहुने बताए । सत्तारुढ गठबन्धनमा एमसिसीबारे साझा धारणा बनाउन कार्यदल गठन भएको भन्दै मन्त्री श्रेष्ठले छिट्टै साझा धारणा सार्वजनिक गरिने बताए । मन्त्री श्रेष्ठले एमसीसीका अन्तरवस्तुका बारेमा पार्टीभित्र पनि छलफल भइरहेको उनले बताए । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका छन् । अघिल्लो वर्षको पुष ५ गते प्रतिनिधि सभा विघटन भएको पुस ५ गतेको दिनलाई कालो दिनको रुपमा स्मरण गर्दै आयोजना गरेको कार्यक्रममा भट्टराईले एमसीसीको बहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताएका हुन् । उनले देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिए । एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बीचमा सहमति जुटाएर मात्रै अघि बढ्नुपर्ने उनले बताए ।
एम्सीसीमा देखिएको विवादले सत्ता गठबन्धन धेरै लामो समयसम्म नजाला भन्ने अनुमान लगाउन सकिन्छ । सरकारले सीमित स्वार्थमा विदेशी सहयोग मात्र आउँछ भनेर राष्ट्र र राष्ट्रियतामाथि गरेको प्रहार चानचुने किसिमको छैन ।

249 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal