कार्कीद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
सोलुखुम्बु । नेपाली कांग्रेस सोलुखुम्बु का प्रभावशाली नेता प्रकाशसिंह कार्कीले नेपाली कांग्रेसको भोलिबाट सुरु हुने १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्यसमेत रहेका कार्की युवा पुष्ताबीच निकै लोकप्रिय मानिन्छन् ।हालै सम्पन्न नेपाली कांग्रेसको जिल्ला अधिबेशनमा कार्की सोलुखुम्बु जिल्लाबाट खुलातर्फ सबैभन्दा बढी मत ल्याएर महाधिवेशन प्रतिनिधिमा निर्बाचित भएका थिए।
कांग्रेसलाई जनताबाट टाढिंदै जाने नभई जोडिदैं जाने संस्कृतिको बिकास गर्नुपर्ने भन्दै उनले जिल्ला अधिबेशन अघि सोलु कांग्रेसको अभियान नै चलाएका थिए।पार्टीभित्र कसैलाई काखा कसैलाई पाखा होईन क्षमता अनुसारको भूमिका र अवसर समान ढंगले सबैले प्राप्त गर्नुपर्ने धारणा कार्कीले राख्ने गरेका छन् । उनको यही भूमिका र व्यबहारका कारण उनी जिल्लामा दिन प्रतिदिन लोकप्रिय बन्दै गएको महाधिवेशन प्रतिनिधिमा उनले प्राप्त गरेको मत परिणामले नै पुष्टि गरेको छ।
सोलुखुम्बु जिल्लाभित्रका जनताको सुखदुःखमा संधै साथ रंहदै आएका कार्की २०४७ सालमै नेपाली कांग्रेसको महासम्मेलन प्रतिनिधि भइ सकेका नेता हुन।त्यसयता कार्कीले कांग्रेसको विभिन्न जिम्मेवारी कुशलतापूर्बक सम्हाली सकेका छन् । हाल नेपाली कांग्रेस उद्योग ब्यापार बिभागका केन्द्रीय सदस्यको भूमिकामा रहेका कार्की गत प्रदेशसभाको निर्बाचनमा सोलुखुम्बु प्रदेश क को उम्मेदवारसमेत हुन ।
जस्तोसुकै जिम्मेवारीमा पनि खरो उत्रन सक्ने कार्कीले थुप्रै औधोगिक तथा सामाजिक संस्थाको नेतृत्व सम्हालिसकेका छन्।जुन संस्थाको नेतृत्व सम्हाल्यो त्यसलाई जस्तै चुनौतीका बीचमा पनि सफल बनाउन सक्ने क्षमता उनीसँग भएको सहकर्मीहरुले बताउने गरेका छन्।सहयोगी मन,मिलनसार ब्यबहार, निष्कलंक छवि र समन्वयकला भएकै कारण उनले एकपछि अर्को सफलता प्राप्त गर्दै गएको कुरामा कुनै शंका छैन ।
हाल नेपाल उद्योग बाणिज्य संघ अन्तरगतको स्थल यातायात तथा पारवहन समितिका सभापति रहेका कार्कीले यस अघि नेपाल फ्रेट फर्वार्डस एसोसिएसनको अध्यक्षका रूपमा दुई कार्यकाल काम गरिसकेका छन् ।उनको कार्यकालमा नेपालको निर्यात ब्यापारको क्षेत्रमा उल्लेख्य सुधारको थालनी भएको कार्गो ब्यबसायीहरुको कथन छ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





