कांग्रेस संस्थापन समुहबाट सह महामन्त्रीमा सबैभन्दा बलियो उम्मेदवार किशोरसिंह राठौर
रोशन ज्ञवाली
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै जाँदा नेताहरुले आफ्नो उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैबीच नेपाली कांग्रेसका युवा नेता तथा लामो समय नेविसंघको राजनीतिमा सक्रिय रहेका किशोर सिंह राठौरले पनि संस्थापन समुहबाट सह महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वासपात्र रहेका उनी विकासवादी नेताका रुपमा पनि परिचित छन् । कांग्रेसका युवा मतदाताहरुको रोजाईमा परेका उनी कांग्रेसका आशालाग्दा नेता पनि हुन् ।
उनको पार्टीप्रतिको लगाव र इमान्दार काम गराईबाट सभापति शेरबहादुर देउवा विशेष रुपले प्रभावित छन् । राठौरले १३ औं महाधिवेशनमा पनि आफूलाई उम्मेदवार रुपमा प्रस्तुत गरे पनि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवालाई पार्टी सभापतिमा जिताउन उनी आफू पछि हटेका थिए । नेपाली कांग्रेस र कांग्रेस प्रजातान्त्रिक दुई पार्टी बन्दासमेत उनले देउवालाई साथ दिएर देशभर नै उनले नेविसंघलाई देशैभर चलायमान पारेर अप्ठ्यारो परिस्थितिमा समेत देउवालाई सहयोग गरेका थिए ।
नेपाली कांग्रेसमा पछिल्लो समय युवा नेताले पार्टीको उच्च तहमा रहेर काम गरेमात्र पार्टीको भविष्य राम्रो भएको आँकलन गरिरहेको वर्तमान परिप्रेक्ष्यमा किशोर सिंह राठौरले आफ्नो सम्पूर्ण जीवन नै समाजसेवा र पार्टी राजनीतिमा समर्पण गरेका छन् ।
अर्को महत्वपूर्ण कुरा १४ औं महाधिवेशनमा मतदाता भएर आउने महाधिवेशन प्रतिनिधि पनि अधिकाँश युवा नै भएकाले उनीहरुको रोजाईमा पनि राठौंरले उम्मेदवारीको तयारी गरेका हुन् । अरुको तुलनामा सह महामन्त्रीमा उनलाई बलिया र सम्भाब्य उम्मेदवार मानिएको छ । यस विषयमा उनले आफू निकटका नेता तथा कार्यकर्तासँग ब्यापक परामर्श गरिरहेका छन् ।
ताजा
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गति लिँदै राजापुर–ओखरिया सडक
२०८३ आश्विन १६ गते, शुक्रबार
गगनलाई किशोर सिंह राठौरको चुनौती
२०८३ आश्विन १६ गते, शुक्रबार
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
सञ्चार तथा खेलकुदकर्मी करण र प्रहरी नायब निरीक्षक कुञ्जाङलाई ’राष्ट्रिय गौरव सम्मान’
२०८३ आश्विन १६ गते, शुक्रबार
भव्यताका साथ सि.एस. इन्टरटेनमेन्टको ‘च्यारिटी रनवे भोल्युम–३’ सम्पन्न
२०८३ आश्विन १६ गते, शुक्रबार
बिनाकसुर कसैलाई पनि पक्राउ नगर्न सरकारलाई नेपाल मानव अधिकार संगठनको अपील
२०८३ आश्विन १२ गते, सोमबार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८३ आश्विन १२ गते, सोमबार
पर्यटनः चुनौती, अवसर र दिगो यात्रा
२०८३ आश्विन १२ गते, सोमबार
छापा माध्यम सिध्याउने खेलमा मन्त्री विक्रम तिमिल्सिना
२०८३ आश्विन १२ गते, सोमबार
देशका विभिन्न स्थानमा सडक तथा राजमार्ग अवरुद्ध
२०८३ आश्विन १२ गते, सोमबारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





