प्रदेशलाई कांग्रेसमय बनाउँछु भन्दै बानियाँले दिए उम्मेदवारी

२०७८ मंसिर १६ गते, बिहीबार

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँले उम्मेदवारी दिएका छन् । प्रदेश अधिवेशन आजबाट सुरु हुँदैछ ।
बानियाँले बुधबार रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गरेका हुन् । उनी बागमती प्रदेशको संसदीय दलका नेता पनि हुन् । कम्युनिष्टको गढमा पनि अत्याधिक मत ल्याएर मकवानपुर २ बाट प्रदेशसभाको निर्वाचन जितेका उनले प्रदेशलाई कांग्रेसमय बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् । ‘यो प्रदेशमा ३३ वटा प्रतिनिधिसभा र ६६ वटा प्रदेशसभा छन्, १३ जिल्ला न्, यसलाई कसरी कांग्रेसको किल्ला बनाउनुपर्छ भन्ने मलाई थाहा छ’ उनले भने ‘यो पार्टीको आन्तरिक प्रतिष्पर्धा भएकाले धेरै चिन्ता लिइरहनुपर्ने आवश्यकता छैन, मैले नेतृत्व गर्न सक्छु भनेर अघि बढेको हुँ ।’
उनले कांग्रेसले जनताको जनजीविकाको पक्षमा पनि बोल्नुपर्ने बताए । उनको उम्मेदवारी घोषणालाई केही केन्द्रीय सदस्य र प्रदेशका विभिन्न जिल्लाका सभापतिले समर्थन जनाएका थिए । बानियाँले यो प्रदेशमा झण्डै ५५ लाख मानिसहरुको बसोबास भएकाले पनि कांग्रेसलाई बलियो बनाउन सके पार्टीलाई जुनसुकै निर्वाचनमा पनि फाइदा हुने बताए । ‘केही चुनौती छन् त्यो मलाई थाहा छ तर चुनौतीलाई अवसरका रुपमा बदल्न सक्छु’ उनले भने ‘सबै मानिसलाई साक्षर, रोजगारमूलक बनाउनुका साथै सवल र समृद्ध प्रदेश बनाउने मेरो योजनामा सहयोग गरिदिनुहोला ।’
उनी पूर्व गृह राज्यमन्त्रीसमेत भइसकेका छन् । २०७० सालको संविधानसभाको निर्वाचनमा मकवानपुर १ बाट निर्वाचन जितेर उनले कम्युनिष्टको किल्ला भत्काइदिएका थिए । उनी पार्टीको जिल्ला सभापति पनि हुन् । उनी पार्टी र नेतामा मात्र होइन जनतामाझ पनि उत्ति नै लोकप्रिय छन् । उनको विकासको सोच र जनतालाई परेको बेला सहयोग गर्ने भावनाको अरु पार्टीकाले पनि उच्च प्रशंसा गर्ने गरेका छन् ।

203 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

भोटेकोशी बाढीबाट अहिलेसम्म १ हजार ४०३ जनाको शव फेला

२०८३ भाद्र ३१ गते, बुधबार

तामाङ कथानक चलचित्र ‘ङाला सेम्जो’ को दुई दिने विशेष प्रदर्शन सम्पन्न

२०८३ भाद्र ३१ गते, बुधबार

ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्ध

२०८३ भाद्र ३१ गते, बुधबार

प्रधानमन्त्री बालेनद्वारा मन्त्रिपरिषद् बैठक आव्हान

२०८३ भाद्र ३१ गते, बुधबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal