मिस ग्राण्ड नेपाल २०२१ भव्यताका साथ सम्पन्न, यी सुन्दरीहरु बने विजेता
काठमाण्डौ । काठमाण्डौको जमलमा अवस्थित राष्ट्रिय नाचघरमा ‘मिस ग्राण्ड नेपाल २०२१’ को फिनाले सम्पन्न भएको छ ।
सो प्याजेण्टको उक्त ग्राण्ड फिनाले कार्यक्रमबाट बन्दि सहायता केन्द्रकी निसु कुमारी साहले ताज पहिरिन सफल भएकी छन् । उनि संगै अन्य ४ सुन्दरीहरुले समेत ताजा पहिरिन सफल भएका छन् । काठमाडौकी सुर्जिना श्रेष्ठले ‘मिस टुरिजम नेपाल’, हेटौंडाकी मनिषा छिनाल ‘मिस ल्यान्डस्केपस नेपाल’, झापाकी वविता आचार्य ‘मिस स्कुवा नेपाल’, पोखराकी प्रमिला विश्वकर्माले ‘मिस मल्टिनेशनल नेपाल’ को ताज पहिरिन सफल भएकी हुन् ।
सम्पूर्ण बिजेताहरुले ५०(५० हजार नगद संगै कम्पनीको गुडविल एम्बास्डर, ५० हजार बराबरको सुनको थान्का, नेपालि चलचित्रमा नायिका हुने अवसर प्राप्त गरेका छन् । यस्तै बिजेताहरुले इण्टरनेसनल सौन्दर्य प्रतियोगितामा नेपालको झण्डा फहराउदै सहभागी हुने अवसर समेत पाउने आयोजकले जनाएको छ । आर।के। इन्टरटेन्मेन्टले आयोजना गरेको सो प्याजेण्टमा देशभरका १५६ युवतीहरु प्रतिष्पर्धामा आएका थिए । मिस ग्राण्डको प्रतिष्पर्धीहरुलाई रोजिन शाक्यले कोरियोग्राफी गराएका थिए ।
फ़ाईनल निर्णायक प्यानलमा राजभाइ सुवाल, जयन सुवा मानन्धर, सरोज प्याकुरेल, दिपक घिमिरे र रोस्ना बस्नेत रहेका थिए । आयोजक कम्पनिले मिस ग्रान्ड नेपालमार्फत हरेक वर्ष देशको प्रतिनिधित्व गराउँदै मिस टुरिजम इन्टरनेसनल, मिस स्कुवा इन्टरनेसनल, मिस लण्डस्केप इन्टरनेसनल, मिस मल्टीनेसनल र प्रतिस्पर्धी तयार पार्दै आएको छ । यो वर्षदेखि अर्को एउटा ताज समेत थप गरी ५ जना सुन्दरीहरुलाई इन्टरनेसनलमा भिड्न पठाउन लागेको हो । आनी भिम सुवा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा किशन राज शिह, राजु श्रेष्ठ, अम्बिका अर्याल, प्रकाश कुवर, दिपेन्द्र राज शाक्य लगायतको आतिथ्यता रहेको थियो ।
ग्राण्ड फिनाले कार्यक्रमबाट टाईटल अवार्डहरु पनि प्रदान गरिएको थियो । जस अन्तर्गत ‘मिस इनोसेन्ट’ यशोदा रेग्मी, ‘मिस एक्टिभ’ ममता बुढा क्षेत्रि, ‘मिस स्पोन्टेनियस’ मनिषा छिनाल, ‘मिस बेस्ट फिगर’ ममता मल्ल, ‘मिस परशनालिटी’ वर्षा राणा, ‘मिस फोटोजेनिक’ सपना कार्की, ‘मिस बेस्टवाक’ प्रमिला विश्वकर्मा, ‘मिस मल्टिमिडिया’ वविता आचार्य, ‘मिस बेस्ट स्पिच’ सोनाली सापकोटा, ‘मिस इन्टेलुक्च्युल’ निशु शाह, ‘मिस कोन्जेनियालिटी’ निशु कुमारी शाह, ‘मिस ट्यालेन्ट’ वविता आचार्य, ‘मिस हार्ड वोर्किङ’ सोना कुमारी यादव, ‘मिस फ्रेन्डली’ अन्जली थापा, ‘मिस बेस्ट हेयर’ अस्मिता तामाङ, ‘मिस ग्ल्यामर’ ममता बुढा क्षेत्रि, ‘मिस बेस्ट स्माइल’ डिम्पल खरेल, ‘मिस बेस्ट स्किन’ सुर्जिना श्रेष्ठ र ‘मिस कन्फिडेन्ट’को टाईटल सोनाली सापकोटाले जितेकी थिइन् ।
ताजा
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’
२०८३ जेष्ठ २४ गते, आईतवार
हामी र हाम्रो कृति समाजको २५औँ कृति मीरा न्यौपाने गजुरेलको मुक्तकसङ्ग्रह ‘मधुरिमा’ सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार
थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै
२०८३ जेष्ठ २२ गते, शुक्रबार
हाउसफूल हुँदै ‘रोल नं १’
२०८३ जेष्ठ २१ गते, बिहीबार
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
२०८३ जेष्ठ २१ गते, बिहीबार
विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित
२०८३ जेष्ठ २१ गते, बिहीबार
टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान
२०८३ जेष्ठ २१ गते, बिहीबार
आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा
२०८३ जेष्ठ २१ गते, बिहीबार
अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा
२०८३ जेष्ठ २१ गते, बिहीबारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





