बर्दिया कांग्रेसको सभापतिमा राठौरको प्यानलै विजयी
२०७८ मंसिर १४ गते, मंगलवार
बर्दिया । नेपाली कांग्रेस बर्दियाको सभापतिमा अरुणप्रताप सिंह राठौर निर्वाचित भएका छन् ।
मंगलबार बिहान सार्वजनिक भएको अन्तिम नतिजाअनुसार सभापतिमा ८८० मतसहित राठौर निर्वाचित भएका हुन् । राठौर सभापति शेरबहादुर देउवा निकटका हुन् । पदाधिकारीमा राठौरको प्यानल नै विजयी बनेको छ ।
रामचन्द्र पौडेल समूहबाट सभापतिमा उम्मेदवार बनेका भुवनेश्वर चौधरी पराजित भएका छन् । चौधरीले ६७८ मत पाएका थिए ।
उप–सभापतिमा गोविन्दप्रसाद थारु र सोदे विष्ट विजयी भएका छन् । सचिवमा मीनराज चौधरी र जग्गाप्रसाद पाण्डे निर्वाचित भएका छन् । सह–सचिवमा तिलक लम्साल र मेकबहादुर गुरुङ निर्वाचित भएका छन् । बर्दिया कांग्रेसमा यसअघि सञ्जयकुमार गौतम सभापति थिए ।
133 Views