पार्टी एकता कायम राख्नसक्नु पनि महत्वपूर्ण उपलब्धि हो- नेका सहमहामन्त्री डा.प्रकाशशरण महत

२०७८ मंसिर १० गते, शुक्रबार

जावलाखेल (ललितपुर) । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले देशमा कम्युनिष्ट पार्टी र अन्य पार्टीहरु पनि विभाजित भैरहेको समयमा नेपाली कांग्रेसलाई एकताबद्ध राख्न सक्नु पनि महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस ललितपुरको जिल्ला अधिवेशनको समुद्घाटन समरोहलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । कार्यक्रममा प्रमुख अतिथि रहनुभएका डा.महतले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसम्मति वा सहमतिको आधारमा पार्टी सञ्चालन गर्ने परिपक्वता देखाउनुभएको बताउनुभयो । पार्टीको भातृ संगठन र विभागहरुको गठनमा विलम्ब नगरौ,सहमति नजुटे बहुमतबाट जाऔ भनेर सल्लाह आउदा सभापति देउवाले भन्नुभएको जवाफ स्मरण गर्दै उहाँले भन्नुभयो,“सभापतिले कम्युनिष्टहरुको गतिविधि मैले हेरिरहेको छ । चुनावमा बहुमत ल्याए । अहंकार बढ्यो । विभाजित भए । म कुनै हालतमा पार्टी एक राख्छु । सहमति र सर्वसम्मतिको आधारमा पार्टी चलाउछु भन्नुभयो । कुनै निर्णय आफूखुसी लाद्नु भएन ।”
पार्टीमा आफू बहुमतमा भएपनि बहमुतको उपयोग नगरेर सर्वसम्मति र सहमतिबाट पार्टी सञ्चालन गर्ने सभापतिको निर्णय सुझबूझपूर्ण, दूरदर्शी र बुद्धिमतापूर्ण भएको उहाँले दावी गर्नुभयो । त्यसले समयमा निर्णय नभएर पार्टीलाई भएको क्षतिको पूर्ति पार्टी एकताबद्ध रहेर भएको बताउनुभयो ।
नेपाली काग्रेसका सहमहामन्त्री डा. महतले नेपाली कांग्रेसको १४ औं महाधिवेशन अत्यन्त उत्साहजनक रुपमा भैरहेको पनि बताउनुभयो । उहाँले पार्टीको क्रियाशील सदस्यता दोब्बर भएको पनि उल्लेख गर्नुभयो । उहाँले पहिले पार्टीको क्रियाशील सदस्यको संख्या साढे ४ लाख रहेको स्मरण गर्दै भन्नुभयो,“यसपटक झण्डै १०लाख पुगेको छ । युवा पिडीको ठूलो सहभागिता भएको छ ।”
उहाँले यसपटक पार्टीको विधान पनि संविधानसभाले जारी गरेको संविधानको अक्षर र भावनासंग तादात्म्य रहने गरी बनाइएकोले पार्टी तल्लो तहदेखि नै अरु बढी समावेशी भएको र महिला, जनजाती, विभिन्न क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिर्दै आएको पनि बताउनुभयो ।

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

महावीर पुन मन्त्री बन्दै

२०८३ जेष्ठ २६ गते, मंगलवार

मध्यरातमा फेसबुकमार्फत प्रधानमन्त्रीको व्यंग्यः ‘मलाई पनि एम्बासडर बन्न मन छ, पीएमको नम्बर दिनुस् न’

२०८३ जेष्ठ २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal