प्रकाशमानका उम्मेदवार बानियाँलाई शेरबहादुरका उम्मेदवार कार्कीको यस्तो चुनौती

२०७८ मंसिर १० गते, शुक्रबार


काठमाडौं । नेपाली कांग्रेस काठमाडौंको निर्वाचन १२ गते आइतबार हुँदैछ । शनिबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
सभापतिम वर्तमान सभापति सबुज बानियाँ र २ नम्बर क्षेत्रका सभापति उपेन्द्र कार्कीबीच प्रतिष्पर्धा हुँदैछ । बानियाँको यो कार्यकाललाई कांग्रेस बुझ्नेहरुले सुखद् मानेका छैनन् । उनले सभापति हुँदा पार्टीभित्र देखिएको विवादलाई हल गर्न पनि सकेनन् । कांग्रेस नेता प्रकाशमान सिंहको उम्मेदवारको रुपमा मात्र उनलाई हेरिएको छ । सिंहले आफू काठमाडौंमा बलियो भएकाले स्वभाविक रुपमा बानियाँले जित्छन् भनेर दाबी गरे पनि पछिल्लो समयमा सिंहको गुट कमजोर भएको विश्लेषण गर्न थालिएको छ । सिंह काठमाडौं–१ बाट निर्वाचित प्रतिनिधिसभाका सांसद र पार्टीका पूर्व महामन्त्री तथा उप–सभापति पनि हुन् । सिंहकै प्रतिनिधिका रुपमा बानियाँ अघि बढेका छन् । बानियाँले आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ६ मा पनि आफू पक्षधर सभापतिका उम्मेदवार कृष्णमान श्रेष्ठलाई सभापति जिताउन सकेनन् । यो क्षेत्रमा भीमसेनदास प्रधान पक्षका श्यामकृष्ण खड्गीले सभापति जिते । यस अर्थमा पनि बानियाँ कमजोर हुँदै गएको अनुमान लगाउन सकिन्छ । पछिल्लो समयमा कांग्रेसका कुनै पनि नेताले काठमाडौंमा दोहो¥याएर सभापति जितेका छैनन् । बानियाँलाई गुटको पछि लागेको र पार्टीको भन्दा पनि सिंहकै कार्यकर्तामात्र भएको पनि आरोप लागेको छ ।
उपेन्द्र काठमाडौं २ को दुइपटक सभापति भइसकेका छन् । उनी प्रखर वक्ताका रुपमा चिनिन्छन् । पार्टीमा धेरै लामो समयसम्म योगदान र संघर्ष गर्दै आएका कार्कीले सभापतिको उम्मेदवारी धेरै अघि घोषणा गरेका हुन् । उनी कागेश्वरी मनोहरा नगरपालिकाको मेयरको उम्मेदवार पनि रहेका थिए । कार्कीको क्षेत्रमा मतदाता बढी भएकाले पनि उनले जित्ने बलियो आधार भएको छ । २६ जना महाधिवेशन प्रतिनिधिमा २२ जना कार्की पक्षका आएका छन् । कार्कीलाई काग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाको समर्थन रहेको छ । यसैगरी नेता कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री तथा काठमाडौं ६ बाट निर्वाचित प्रतिनिधिसभा सांसद भीमसेनदास प्रधान, काठमाडौंका पूर्व सभापतिहरु तीर्थराम डंगोल, ध्यानगोविन्द रञ्जितलगायतको पूर्ण समर्थन रहेको छ ।
कार्कीले आफू सभापति भएपछि जिल्लाको लागि के गर्ने भनेर खाकासमेत तयार पारिसकेका छन् । पार्टी संगठन विस्तारमा कुशल भूमिका खेल्दै आएका कार्कीले अहिलेसम्म पार्टीमा वा सामाजिक कार्यमा जे भूमिका पाए त्यसलाई कुशलतापूर्वक निर्वाह गरेका छन् । उनी पार्टीमा आलोचित र कलंकित भएका छैनन् । क्रियाशील सदस्यमा सबैजसो क्षेत्रमा विवाद हुँदा पनि कार्कीले विवादरहित ढंगले नामावली बुझाएका थिए ।
कार्कीले सबै मतदाता तथा शुभेच्छुकसँग सहयोगको अपेक्षा गरेका छन् । उनले आफ्नो नेतृत्वले काठमाडौं कांग्रेस गतिशील र उर्जाशील हुने स्पष्ट पारेका छन् ।

241 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal