रसियामा छात्रवृत्तिमा पढ्ने अवसर पाउँदा पनि गाउँकै सेवा गर्न फर्किएका मेघी नेकपा एमालेको उप–महासचिवमा उठ्दै

२०७८ मंसिर १० गते, शुक्रबार

काठमाडौं । नेकपा एमालेको आजबाट चितवनमा सुरु भएको १० औं महाधिवेशनमा पार्टीका इमानदार र निष्ठावान नेता भनेर चिनिएका संखुवासभाका पुराना नेता परशुराम मेघी गुरुङले उम्मेदवारी दिने भएका छन् । सहमतिमा केन्द्रीय समिति निर्वाचित होस् भन्ने पक्षमा रहेका उनी निर्वाचनमा जानु त्यति उचित नभएको बताउँछन् ।
‘सकेसम्म सहमतिमा जाँदा पार्टीलाई फाइदा हुन्छ, सहमति नभए लोकतान्त्रिक प्रक्रियाको विकल्प छैन’ उनले भने ‘म पनि अब उप–महासचिव हुन योग्य भइसकेको छु र मेरो दाबी कसैलाई पनि अस्वभाविक लाग्दैन ।’ उनले पार्टीलाई जीवन्त र सशक्त बनाउन आफ्नो भूमिका रहने बताएका छन् । २०४८ र २०५६ सालमा संखुवासभाबाट प्रतिनिधिसभाको निर्वाचन जितेका उनी जनतामाझ पनि निकै लोकप्रिय छन् । उनलाई जान्नेबुझनेहरुले उनको इमानदारिताको र निष्ठाको राजनीतिको प्रशंसा नै गर्छन् । सरल स्वभावका उनी विभिन्न देश घुमेर त्यहाँको राजनीतिक र संसदीय अभ्यासबारे जानकार पनि छन् । उनी २०५६ सालमा संसदीय दलको सचेतक रहेका थिए । पार्टीको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पनि वहन गरिसकेका उनलाई पार्टीले जहिले जे जिम्मेवारी दियो त्यसलाई उदाहरणीय बनाउने गरी काम गरेका छन् । उनी स्नातकोत्तर हुन् ।
अहिले १ नम्बर प्रदेशबाट राष्ट्रियसभाको सांसद बनेका उनी विधायन व्यवस्थापन समितिको सभापति हुन् । उनको सभापतिको भूमिकाको पनि प्रशंसा गरिएको छ, अरु सभापतिले चलाएको समितिभन्दा उनी कुनै पनि कुरामा कम छैनन् । २०७१ सालमा भएको ९ औं महाधिवेशनमा सचिवमा थोरै मतले पराजित उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएपछि पोलिटव्यूरो सदस्य बनेका हुन् । धरानको हात्तिसार क्याम्पसमा आइटेक पढेपछि पूर्ण छात्रवृत्तिमा रसिया पढ्ने अवसर पाए पनि उनी गाउँ र जनताको सेवा गर्छु भनेर जिल्ला फर्किएका थिए । मेघी मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी पार्टीको संघीय मामिला विभाग प्रमुख हुन् । गुरुङ संसदीय मामिलाका जानकारका रुपमा पार्टीमा अग्रपंक्तिमा गनिन्छन् ।
पार्टीमा लागेर निरन्तर पार्टीको र जनताको सेवा गर्दै आएका उनले आफ्नो योजना अघि सारेका छन् । उनले आफ्नो त्याग, समर्पण र योगदानको अवश्य पनि मूल्यांकन होला भन्ने विश्वास लिएका छन् ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal