चाकडीको पनि हद् हुन्छ सरकार !

२०७८ मंसिर ९ गते, बिहीबार

दिपु खड्का
केही दिन अघि भारतीय योगगुरु रामदेव नेपाल भ्रमणमा आएका थिए । तर यसपटक उनी निकै चर्चित र बिबादमा तानिए । यो भ्रमणलाई बिबादित बनाउने काम नेपाल सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दलका नेताहरुले गरेको स्पष्ट पाइयो । यसको प्रमुख कारण नेपालको कानुन उल्लंघनलाई सरकार प्रमुख र सत्तारूढ दलका नेताहरुले नै प्रश्रय दिनु हो। धनाढ्य भारतीय बाबा रामदेव एण्ड कम्पनीले सन्चालन गर्न लागेको टेलिभिजन च्यानल दर्ता बिना नै उद्घाटन गर्न लामबद्द सत्तारुढ दलका नेताहरुको कुकृत्यको यतिबेला तीब्र आलोचना भइ रहेको छ। वास्तवमा नेपालका लागि यो अस्वभाविक कुरा पनि होइन ।
प्रधानमन्त्री देउवा आफैंले विदेशी लगानीमा सञ्चालन गर्न लागिएको पतञ्जलीको आस्था नेपाल र पतञ्जली नेपाल नामक दुई विदेशी च्यानलको उद्घाटन गर्दै कानुनको खिल्ली उडाउनु कम खेदजनक बिषय होइन । शक्ति र सत्ता आफ्नो हातमा भए पनि कानुनी राज्यमा कानुनविपरीत काम गर्ने छुट कसैलाई पनि छैन । तर कानुनी राज्यका हिमायती प्रधानमन्त्री देउवाले यस किसिमको हर्कत गर्नु चाकडीको भद्दा रुप मात्रै होइन भारतको भक्तिभाव गाउने र जे भने पनि मानिदिने परम्पराको यो अर्को उदाहरण हो भन्ने स्पष्ट छ । उद्घाटन समारोहमा जानुअघि यसको आधिकारिकता के हो र यसरी टेलिभिजन खोल्न पाइन्छ कि पाइँदैन भन्ने कुराका बारेमा उनीहरू जानकार थिएनन् भन्ने पटक्कै होइन। विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले सञ्चारमाध्यममा वैदेशिक लगानी वर्जित गरेको छ । राष्ट्रिय प्रसारण ऐन २०४९, राष्ट्रिय प्रसारण नियमावली २०५२ र प्रसारणसम्बन्धी निर्देशिका २०६० ले रेडियो र टेलिभिजनलगायतका सञ्चारमाध्यम सञ्चालन गर्नुपूर्व अनिवार्य रूपमा सूचना तथा प्रसारण विभागमा दर्ता भएर मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ ।
तर, यी सबै प्रावधानलाई बेवास्ता गर्दै सञ्चालनमा आउन लागेका टेलिभिजनको प्रधानमन्त्री देउवाले उद्घाटन गरेका हुन् । कतिपयले यो विषयलाई राष्ट्रियताको सवालमा समेत सरकारले घुँडा टेकेको भनेर टिप्पणी समेत गरेका छन् । सूचना तथा प्रस्गारण बिभागले गत शुक्रबार उद्घाटन भएको भनिएको पतञ्जलिको ती दुवै टेलिभिजन दर्ता नभएकाले सो कार्य गैरकानुनी भएको बताईसकेको छ। स्वदेशी सञ्चारमाध्यमको व्यावसायिकतामाथि आँच पुग्नेगरी आएको सञ्चार क्षेत्रमा विदेशी लगानीले नेपालको राष्ट्रियता, राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा पार्न सक्ने प्रभावलाई नजर अन्दाज गरेर देउवाले त्यसको उद्घाटन गर्न्नुपर्ने बाध्यता के आईलाग्यो त्यो नेपाली जनतालाई स्पष्ट पार्नुपर्छ ।

239 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

हाम्रा परम्परागत खानाको महत्व

२०८३ जेष्ठ २९ गते, शुक्रबार

फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत

२०८३ जेष्ठ २९ गते, शुक्रबार

आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती

२०८३ जेष्ठ २८ गते, बिहीबार

आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने

२०८३ जेष्ठ २८ गते, बिहीबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

२०८३ जेष्ठ २८ गते, बिहीबार

‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार

२०८३ जेष्ठ २८ गते, बिहीबार

संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण

२०८३ जेष्ठ २८ गते, बिहीबार

सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो

२०८३ जेष्ठ २६ गते, मंगलवार

गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ

२०८३ जेष्ठ २६ गते, मंगलवार

बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित

२०८३ जेष्ठ २६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal