‘माओवादी केन्द्र बलियो भए जनताले पहिचान र अधिकार पाउने, कमजोर भए पाएको अधिकार पनि गुम्ने’
कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताउनुहुँदै माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताउनुभएको छ । उहाँले आफू यो कुरा भावनामा आएर बोलेको नभई देखेर र भोगेर भनेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो ।’
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भजनी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष प्रचण्डको आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’ अध्यक्ष प्रचण्डले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको भन्नुहुँदै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टीको विषय हुने बताउनुभयो ।
एकअर्को प्रसंगमा उहाँले अहिले गठबन्धन सहितको नयाँ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘यसै क्रममा अहिले पाँच दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ । यसले गठबन्धनलाई अझै बलियो बनाएको छ ।’
अध्यक्षले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताउनुभयो । उहाँले अबको लडाई शान्तिपूर्ण प्रतिष्पर्धाकै रुपले संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले अब कुनै पनि प्रतिक्रियावादी जालझेल र षडयन्त्रलाई सफल हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
ताजा
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
हाम्रा परम्परागत खानाको महत्व
२०८३ जेष्ठ २९ गते, शुक्रबार
फिफा विश्वकप २०२६ः उद्घाटन खेलमा मेक्सिकोको विजयी सुरुआत
२०८३ जेष्ठ २९ गते, शुक्रबार
आरोप पुष्टि गर्न अर्थमन्त्री वाग्लेको चुनौती
२०८३ जेष्ठ २८ गते, बिहीबार
आजदेखि फिफा विश्वकप–२०२६ः उद्घाटन खेलमा मेक्सिको र दक्षिण अफ्रिका भिड्ने
२०८३ जेष्ठ २८ गते, बिहीबार
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
२०८३ जेष्ठ २८ गते, बिहीबार
‘बसौँ हजुर’ मा सेजल र जोन्दिरको रोमान्टिक अवतार
२०८३ जेष्ठ २८ गते, बिहीबार
संगीत रोयल्टी संकलन समाज नेपालद्वारा रोयल्टी वितरण
२०८३ जेष्ठ २८ गते, बिहीबार
सुधनमाथी गगनको कटाक्षः झन्झट किन गरेको ? पहिल्यै होइन भन्देको भए भइहाल्थ्यो
२०८३ जेष्ठ २६ गते, मंगलवार
गृहमन्त्रीमा पुनः सुधन गुरुङ, आजै शपथ
२०८३ जेष्ठ २६ गते, मंगलवार
बुधबारसम्म प्रतिनिधि सभा बैठक स्थगित
२०८३ जेष्ठ २६ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





