‘माओवादी केन्द्र बलियो भए जनताले पहिचान र अधिकार पाउने, कमजोर भए पाएको अधिकार पनि गुम्ने’
कैलाली । पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताउनुहुँदै माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताउनुभएको छ । उहाँले आफू यो कुरा भावनामा आएर बोलेको नभई देखेर र भोगेर भनेको बताउनुभयो । अध्यक्षले भन्नुभयो, ‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो ।’
पूर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भजनी नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्दै जनताको कामलाई प्रभावकारी र गुणात्मक बनाउन अध्यक्ष प्रचण्डको आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘कामको प्रभावकारीता र गुणात्मकतामा ध्यान जाओस् । जनतामा सेवा प्रवाह गर्ने कुरामा तीब्रता आओस् । जनताले त्यो महसुश गरेपछि मात्रै नवनिर्मित भवनको उद्घाटनको औचित्य सिद्ध हुन सक्दछ ।’ अध्यक्ष प्रचण्डले् आफूलाई शिलान्यास र उद्घाटन दुबैको अवसर आफूलाई प्राप्त भएको भन्नुहुँदै अब काम राम्रो भयो भने आफ्ना लागि सुन्तुष्टीको विषय हुने बताउनुभयो ।
एकअर्को प्रसंगमा उहाँले अहिले गठबन्धन सहितको नयाँ सरकार बनेर सरकारको पनि बलियो एकताको आधारमा अगाडि बढ्ने जमर्को गरेको उल्लेख गर्नुभयो । अध्यक्षले भन्नुभयो, ‘यसै क्रममा अहिले पाँच दलीय गठबन्धनको एउटा समन्वय समिति पनि बनेको छ । यसले गठबन्धनलाई अझै बलियो बनाएको छ ।’
अध्यक्षले नेपाली जनताको एकता, राष्ट्रको एकता र स्वाधिनता सुदृढ नहुँदासम्म र जनता सम्पूर्ण रुपले शोषण उत्पीडनबाट मुक्त नभएसम्म आफूहरु लडिरहने बताउनुभयो । उहाँले अबको लडाई शान्तिपूर्ण प्रतिष्पर्धाकै रुपले संविधान संशोधन र परिमार्जन गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले अब कुनै पनि प्रतिक्रियावादी जालझेल र षडयन्त्रलाई सफल हुन नदिने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





